moneygram ime

गृहपृष्ठ आइसीटी अवार्डको शीर्ष प्रायोजकमा ‘एफवान सफ्ट’

आइसीटी अवार्डको शीर्ष प्रायोजकमा ‘एफवान सफ्ट’

आइसीटी अवार्डको शीर्ष प्रायोजकमा ‘एफवान सफ्ट’
citizen life insurance

छैटौं संस्करणको आइसीटी अवार्डको शीर्ष प्रायोजन एफवान सफ्टले गर्ने भएको छ । सोमबार आइसीटी अवार्डको आयोजक लिभिङ विथ आइसीटी र एफवान सफ्टबीच शीर्ष प्रायोजनका लागि सम्झौता भएको हो । 

सम्झौता अनुसार कार्यक्रमको नाम ‘एफवान सफ्ट आइसीटी अवार्ड २०२१’ हुनेछ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसीटी अवार्डको छैटौं संस्करणमा ११ विधामा नोमिनेसन खुल्ला गरिएको थियो । जसमा ३५० भन्दा बढीको आवेदन प्राप्त भएको थियो । अहिले विभिन्न चरणमा छनौट प्रक्रियाहरू सञ्चालन भइरहेको छ । अवार्डका विजेतालाई पुरस्कार वितरण तथा ग्राण्ड फिनाले कार्यक्रम १७ डिसेम्बर २०२१ मा सोल्टी होटलमा आयोजना हुने आयोजकले जनाइएको छ । आइसिटी अवार्डको प्रि इभेन्ट क्याम्पियनको रूपमा यही असोज १५ गते ४० बढी स्टार्टअपलाई मेन्टरिङ सेसन र १६ गते शनिबार एक्जिविसन आयोजना भइरहेको छ ।

एफवान सफ्ट १७ वर्ष अघि स्थापना भएको नेपालको सबैभन्दा ठूलो र अग्रणी डिजिटल वित्तीय सेवा प्रदान गर्ने संस्था हो । एफवान सफ्ट ग्रुपअन्तर्गत हाल १३ कम्पनी सञ्चालन भइरहेका छन् । जसमा एफवान सफ्ट, ई-सेवा, फोनपे, ई-सेवा मनी ट्रान्स्फर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिका, सिरानटेक, दर्शन टेक, एक्टेन्सो डेटा, स्वस्तिक कलेज, बस सेवा, ई-सेवा ट्राभल आदि रहेका छन् । कम्पनीले १ हजार बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । आइसिटी अवार्डसँगको सहकार्यले नेपालको डिजिटल इकोसिस्टमलाई सघाउ पुर्‍याउने एफवान सफ्टका ग्रुप सीइओ शिशिर पछाईले बताए । एफवान सफ्टको सहकार्यले नेपालमा स्टार्टअप तथा इन्नोभेसनको प्रवर्द्धनसँगै आइसिटी अवार्डको महत्व र प्रतिष्ठालाई अझ उचाईमा पुर्‍याउन सकिने अवार्ड आयोजक समितिका संयोजक राजन लम्सालले बताए ।

यस वर्ष स्टार्टअप आइसीटी अवार्ड, प्रडक्ट आइसीटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसीटी अवार्ड, पायोनियर आइसीटी अवार्ड, नेपाली डायस्पोरा आइसीटी अवार्ड, आन्टरप्रेनर आइसीटी अवार्ड, वुमन आइकन आइसीटी अवार्ड, डिजिटल एजुकेशन आइसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसीटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसीटी अवार्ड (पब्लिक सेक्टर) र डिजिटल सर्भिसेस आइसीटी अवार्ड (प्राइभेट सेक्टर) गरी ११ विधामा आइसीटी अवार्डको नोमिनेशन खुल्ला गरिएको थियो । गत भदौ १५ देखि आइसीटी अवार्डको छनोट प्रक्रिया सुरू भइसकेको छ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा उत्कृष्ट ११ प्रतिप्रधिहरु सार्वजनिक भएका छन् । आईसीटी अवार्डमा सूचना प्रविधि क्षेत्रका १२ जना विज्ञहरूको जुरी समिति र १५ जना विशिष्ट सल्लाहकार समिति गठन गरिएको छ । सन् २०१६ देखि सुरु भएको आइसीटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ५० भन्दा बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रडक्टहरू सम्मानित भइसकेका छन् ।

यस वर्ष अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै राष्ट्रिय वाणिज्य बैंकबाट १५ लाखसम्म विनाधितो सहुलियत ऋण सुविधा, स्टार्टअप र आइडियामा लगानीको अवसर र अन्य महत्वपूर्ण सेवा तथा सुविधाहरू प्राप्त गर्नेछन् । पावर्ड वाई स्पोन्सर ह्वावेले स्र्टाअप आइसिटी अवार्ड विधाको विजेतालाई ३ लाख बराबरको हुवावेका महत्वपूर्ण सेवाहरू प्रदान गर्नेछ । यस वर्ष आइसीटी अवार्डको इन एसोसिएसन विथमा जिनस, पावर्ड वाई ह्वावे, बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बैंक, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, प्रेसिडेन्सियल बिजनेश स्कुललगायतको सहकार्य तथा सहयोग रहेको आयोजक समितिले जनाइएको छ ।

प्रकाशित समय २०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

muktinath bikas bank