ओपोद्वारा रेनोभेटर्स २०२१ ईमर्जिंङ आर्टिस्ट्स प्रोजेक्टका उत्कृष्ट १० कलाकृतिको घोषणा
वि.सं.२०७८ असोज १२ मंगलवार २०:४५
shares

ओपोले ओपो रेनोभेटर्स २०२१ ईमर्जिंङ आर्टिस्ट प्रोजेक्टका १० विजेताहरुको घोषणा गरेको छ । तिनको छनोट सहभागी ३ हजार ३ सय ४५ कलाकृति माध्यमबाट गरिएको हो । ओपोले छनोटमा परेका उत्कृष्ट कलाकृति लन्डन डिजाइन फेस्टिवल २०२१ लाई हस्तान्तरण गरेको छ । ती कलाकृतिहरुमार्फत नवोदित कलाकारका सिर्जनशिल प्रतिभा प्रदर्शित गर्नुका साथै तिनको रचनात्मक महत्वकांक्षाहरुलाई गति प्रदान गर्नु ओपोको उद्देश्य हो ।
रचनात्मक युवाहरुका आँखा मार्फत भविष्यको अन्वेषण
यस वर्ष रेनोभेटर्स कार्यक्रममा कलाकारहरुलाई प्रकाशको विषयबस्तु वरपर रही कलाकृति तथा रचनात्मक अवधारणाहरु विकसित गर्ने जिम्मेवारी दिइएको थियो । तीमध्ये तिनले आर्ट टेक र आर्ट टोय गरी दूई प्रतियोगिताका कोटाहरुमा आफ्नो सहभागिता जनाउने अवसर प्रदान गरिएको थियो । केही महिनाका लागि सञ्चालित ओपो रेनोभेटर्स २०२१मा विश्वभरका ४० देश तथा क्षेत्रबाट उदयीमान कलाकारहरुले ३ हजार ३ सय ४५ व्यक्तिगत प्रविष्टिहरुमार्फत आफ्ना कलाकृति पेश गरेका थिए । कलाकृतिहरुको नविनता, कलात्मकता, व्ववहारिकता तथा अभिव्यक्तिको स्तरका आधारमा मूल्यांकनपश्चात् समग्र कलाकृति मध्येबाट उत्कृष्ट १० को चयन गरिएको हो ।
रेनोभेटर्स २०२१का उत्कृष्ट १० कलाकृति
पछिल्ला केही महिनामा डिजिटल मिडिया, अन्तरक्रियात्मक अनुभव, स्टेज ईन्स्टलेशन, वेयरेवल डिभाइसेज, जैविक तथा भौतिक डिजाइनलगायत माध्यमका प्रयोगद्वारा प्रविधि, मानवता, पर्यावरण संरक्षण, जीवविज्ञान, ईतिहास, सामाजिक अन्तरक्रिया र वर्तमान प्रवृत्तिलगायत विषयअन्तर्गत ओपो रेनोभेटर्स २०२१का लागि विश्वभरबाट हजारौँ कलाकृतिहरु पेश गरिएका थिए । पेश गरिएका कलाकृतिमार्फत उदयीमान कलाकारहरुले मानव, प्रविधि र प्रकृतिसंग तिनको सम्बन्ध र कसरी तिनका माध्यमबाट सबैका लागि सुन्दर भविष्यको निर्माण गर्न सकिन्छ भन्ने कुरा प्रदर्शित गरिएका छन् ।
हेन्ग्यु झाओ र चोंगशो यिनको आर्ट टेक क्याटेगरी अन्तर्गत पेश गरिएको ‘प्वाईन्ट टू प्लानेट : पर्सिभिंग नेचर विथ लाइट’ मार्फत यि दूई कलाकारले साधारणतया हामीले वेवास्ता गर्ने अदृष्य तथा चुपचाप हुने प्रक्रियालाई कसरी बुझ्न सकिन्छ भनी अन्वेषण गरेका छन् । सिनी झाओद्वारा आर्ट टोय क्याटेगरीअन्तर्गत पेश गरेको ‘ड्रिमक्याचर-ओ’ले सपना देख्ने हरेक व्यक्तिलाई विश्वकै लागि चहकिलो प्रकाशका रुपमा हेर्दै तिनका साथमा सहकार्य गर्दै तिनका सपनाको संरक्षण गर्न उद्देश्य बोकेको छ ।

























