काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पाठेघरको समस्या भोगिरहेकाहरुले नर्भिकमा फ्री ओपिडी लिन पाउने

20.29K
shares

नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तरगत आउने शनिवार प्रजनन क्यान्सरको विषयमा निःशुल्क सेवा सञ्चालन हुने भएको छ । आउने शनिबार नर्भिक अस्पतालका प्रजनन् क्यान्सर रोग विशेषज्ञ(गाइने अंकोलोजिष्ट) डा. एलिजा श्रेष्ठले निःशुल्क ओपिडी सेवा दिने भएकी हुन् ।

डा. श्रेष्ठका अनुसार महिनावारीमा गडबडी भएका, औषधि खाएरसमेत पाठेघरसँग सम्बन्धित समस्या समाधान नभएका, पाठेघर तथा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्नुपर्ने जस्ता समस्या भोगिरहेका बिरामीहरुले निःशुल्क ओपिडी सेवामा सहभागी भएर लाभ लिन सक्नेछन् । निःशुल्क ओपिडी सेवा शनिबार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म सञ्चालन हुनेछ । नर्भिकले विगत केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ ।

निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिने अस्पतालले जनाएको छ ।