काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आफूलाई सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

8.32K
shares

आफूलाई सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै सर्जिकल सामग्री उपलब्ध गराइदिने विश्वास दिलाई नगद ४२ लाख २४ हजार रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-४ बागडोल ठेगाना भएका ४२ वर्षीय सरल राना रहेका छन् ।

उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । सरलसमेतका व्यक्तिहरुले भारत पञ्जाबस्थित मिरिएड ह्यूोज हेल्थ केयर कम्पनीको नेपाल प्रतिनिधि हौँ तपाईँहरूलाई विभिन्न सर्जिकल सामग्रीहरू ग्लोभ्स, लेटेक्स ईग्जामिनेसन ग्लोभ्स विभिन्न साईजमा १०० प्रति ग्लोभ्स भएको प्रति बाकस ३ सय ३० भारतीय रुपैयाँ पर्छ भनी नमूनासमेत देखाई विश्वास दिलाएपश्चात कम्पनीको जोनल मेनेजर सन्दिप थापा हुन् भन्दै उनको आर्थिक कारोबार बैंक अफ ईन्डिया मालीगुडिको खातामा २ जना पीडितलाई नगद जम्मा गर्न लगाएका थिए ।

उक्त नगद पाएपछि उनीहरुले प्रति बाकस ५० पिस राखी साईज, परिमाण र लेवल नभएको गुणस्तरहीन सामान पठाएको र पछि सम्पर्क गर्दा सम्पर्कविहीन भई झुक्यानमा पारी उक्त नगद ठगी गर्ने कार्यमा संलग्नमध्ये रानालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाईएको उक्त महाशाखाले जनाएको छ ।