global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ नेशनल बक्स अफिस तीज अवार्ड २०७८ सम्पन्न

नेशनल बक्स अफिस तीज अवार्ड २०७८ सम्पन्न

नेशनल बक्स अफिस तीज अवार्ड २०७८ सम्पन्न

नेशनल बक्स अफिस तीज अवार्ड २०७८ सम्पन्न भएको छ। बक्स अफिस इन्टरनेसनल ग्रुपको आयोजनामा आर्थिक वर्ष २७७/७८ मा रेकर्डिङ भई भिडियो निर्माण गरी सार्वजनिक भएका तीज गीत संगीतलाई समेट्दै कुल ४१ विधामा अवार्ड वितरण गरेको छ ।

चलचित्र विकास बोर्ड चाबहिल काठमाडौमा हरितालिका तीजको दर खाने दिनको अवसर पारेर सम्पन्न भएको नेशनल बक्स अफिस तीज म्युजिक अवार्ड २०७८ मा वर्षको तीज नारी सम्मानमा वरिष्ट नायिका करिष्मा मानन्धर, दिपाश्री निरौला, पुरुष कलाकारतर्फ तीज म्युजिक भिडियो सम्झिने पानी छम्किनेबाट विशिष्ट अभिनेता भुवन केसीलाई सम्मानित गरिएको थियो । त्यसैगरी वर्षको उत्कृष्ट तीज भिडियोको चरित्र अभिनेतामा वरिष्ट कलाकार रामचन्द्र अधिकारी र वरिष्ट अभिनेत्री लक्ष्मी गिरीलाई प्रदान गरिएको थियो । अवार्डमा वर्षको सर्वउत्कृष्ट मोडलमा करिष्मा ढकाल र रामजी खांडले नेसनल बक्स अफिस तीज म्युजिक अवार्ड २०७८ चुम्न सफल भएका छन् । त्यस्तै वर्षको उत्कृष्ट तीज गीत गायिकामा वरिष्ट गायिका सर्मिला गुरुङले पाउन सफल भएकी छन् । वर्षको उत्कृष्ट तीज म्युजिक भिडियो निर्देशनमा वरिष्ठ नृत्य निर्देशक गोबिन्द राइले बाजी मार्न सफल भए भने उत्कृष्ट तीज गितमा चरी जेलैमाले पाउन सफल भएको छ ।

जुरितर्फ २२ जना तीज प्रतिभाहरुले बक्स अफिस तीज म्युजिक अवार्डमा आफुलाई सर्वउत्कृष्टको रुपमा अवार्डको वास्तविक अवार्डको हक जमाउन सफल भएका छन् । अवार्डमा देश विदेशमा रेकर्डिङ तथा भिडियो भई सार्वजनिक भएका १४३ वटा तिज म्युजिक भिडियोको आवेदन परेको नेसनल बक्स अफिस तीज म्युजिक अवार्डमा विभिन्न विधाका सर्जकहरुलाई आजिवन सदस्यबाट सम्मान र कदरपत्रबाट सम्मान गरिएको थियो। वरिष्ट गायिका ज्ञानु राणा, वरिष्ट नृत्य निर्देशक कमल राई, संगीतकार दिपक रमण र दिनेश पाख्रिन जुरी रहेको अवार्डमा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र विशिष्ट अथिती चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले अवार्ड वितरण गरेका थिए। त्यसै गरि कार्यक्रममा एन्फाका उपाध्यक्ष सुन्दर थापा क्षेत्री, गीतकार सुन्दर श्रेष्ठ, विशिष्ट कलाकार सुभाष गजुरेल, नक्कली बाबुराम ज्योति काफ्ल्लेले संयुक्तरूपमा आजिवन सदस्यलाई सम्मान पत्र वितरण गरेका थिए । 

नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड २०७८ पाउने अन्य विधातर्फ उत्कृष्ट श्रृंगारमा सीता मगर घर झगडा ४, उत्कृष्ट गीतकारमा डिपि दाहाल परिश्रमी यो तीजमा फिलिली नाचौला, उत्कृष्ट संगीतकारमा तिलक वली हङकङको साडी २, उत्कृष्ट रेकर्डिङ स्टुडियोमा दिनेश प्रकाश महरा क्लासिस सिने स्टुडियो, उत्कृष्ट नव गायिकामा रिया घले बिर्सेको छैन वरी लै, उत्कृष्ट युगल गायक गायिकामा रोजी श्रेष्ठ माइतिमा दर, उत्कृष्ट नव मोडल पुरुष विधामा विकास थापा मगर नाच्ने हो तिज म्युजिक भिडियोबाट अवार्ड पाउन सफल भएका छ्न् ।

त्यसैगरी उत्कृष्ट नव मोडल महिलामा इन्दु दनुवार तीज आयो, उत्कृष्ट छायाँकारमा विरेन्द्र भट्ट वाइस तले धरहरा, उत्कृष्ट सम्पादनमा शक्ति प्रज्वल घिमिरे यसपालिको मंसीरैमा, उत्कृष्ट नव निर्देशकमा अर्जुन सिलवाल फरर फरर, उत्कृष्ट नृत्य निर्देशकमा अशोक विक हङकङको साडी २, उत्कृष्ट गायक पुरुषमा अर्जुन सापकोटा हरर हरर, उत्कृष्ट भिडियोमा हङकङको सारी २, उत्कृष्ट गीतमा चरी जेलैमाले अवार्ड पाउन सफल भएका छन् । त्यसैगरी म्युजिक भिडियोको पोस्टर तथा प्रचारप्रसार सामाग्री विधामा नेपाल राष्ट्र बैकको नोट डिजाइन गर्ने पुरानो संस्था आइडल डिजाइन चुनिएको छ ।

प्रकाशित समय : १९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु