global ime bank Long Banner Ad

गृहपृष्ठ टीभीएस मोटर्सद्वारा आरटीआर २०० फोरभी फर्स्ट इन् क्लास राइडिङ सार्वजनिक  

टीभीएस मोटर्सद्वारा आरटीआर २०० फोरभी फर्स्ट इन् क्लास राइडिङ सार्वजनिक  

टीभीएस मोटर्सद्वारा आरटीआर २०० फोरभी फर्स्ट इन् क्लास राइडिङ सार्वजनिक  

विश्वव्यापी रुपमा टु-ह्वीलर तथा थ्री-ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनी, टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक, जगदम्बा मोटर्सले नेपालमा टीभीएस अपाचे आरटीआर २०० फोरभीको फर्स्ट इन् क्लास राइडिङ मोड्स, आरटी–एफआइ, बीएस–भीआइ र एबीएससहितको नयाँ मोडल नेपालमा सार्वजनिक गरेको छ । 

गत बिहीबार सार्वजनिक गरिएको कार्यक्रममा बोल्दै टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष आर दिलीपले टीभीएस अपाचे श्रृंखला संसारभर रहेका  ग्राहक र रेसिङ उत्साहीहरुका लागि नयाँ प्रविधिको कौशल प्रदान गर्ने बताए । उनले भने, ‘फस्र्ट इन सेगमेंट फिचर्स र प्रविधियुक्त रहेको नयाँ टीभीएस अपाचे आरटीआर २०० फोरभी मोटरसाइकल नेपालमा प्रस्तुत गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं र आशा गर्दछौं कि  यस नयाँ मोडलले हाम्रा नेपाली ग्राहकहरु लाई थप उत्साहित र खुशी बनाउँनेछ ।’

कार्यक्रममा जगदम्बा मोटर्स तथा शंकर ग्रुपका अध्यक्ष शाहिल अग्रवालले भने, ‘नेपाली ग्राहकहरुले सधैं नै टीभीएस अपाचे सिरिजको रेस एडिसनलाई सधैँ नै रुचाएका छन् । यो नयाँ एडिसनको रेस मेसिनले ग्राहकवर्गमा थप उत्साह ल्याउनेमा हामी आशावादी रहेका छौं र टीभीएस मोटर कम्पनीले सधैं ग्राहकको उच्चतम ड्राइभिङ अनुभवका लागि आफ्ना उत्पादनहरुमा उच्चस्तरीय र नविन प्रविधिको प्रयोग गर्ने प्रणालीको हामी एकदमै सरहाना गर्न चाहान्छौं ।’

टीभीएस अपाचे आरटीआर २०० फोरभी विथ फस्र्ट इन् क्लास राइड मोड्सको बारे कुरा गर्नु पर्दा यसमा ठाउँ, सडक र मौसम अनुसार राइडिङ् मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स रहेको छ । यसको सिस्टममा स्पोर्ट, अर्बान र रेन मोड गरेर तीनवटा मोडहरु रहेका छन् । जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा परिवर्तन गर्न सक्नेछन् । यस फिचर्सले चालकको राइडिङ अनुभवलाई थप सहज र सुरक्षित गर्ने देखिन्छ ।

यो मोटरसाइकलमा अब पहिलाको भन्दा फरक फस्र्ट इन् सेगमेन्ट एड्जस्टेबल सस्पेन्सनसहित आएको छ । उच्चतम प्रस्तुति दिन सक्षम सोवा फ्रन्ट सस्पेन्सनको प्रि–लोडेड एड्जस्ट्मेन्टले चालकलाई प्लुस राइड र ट्रयाक राइड कुन मा कुदाउने भनेर रोज्ने अवसर प्रदान गर्दछ भने नयाँ पछाडिको सोवा सस्पेन्सनले ट्रयाक मोटरसाइकल कुदाउँदा गज्जबको अनुभव प्रदान गर्दछ । यो मोटरसाइकल ३–स्टेप एड्जस्टमेन्टसहित एड्जस्टेबल ब्रेक तथा क्लच लिभरसहित उपलब्ध छ । जसलाई बीचको औंलाले कन्ट्रोल गर्न एकदमै सजिलो रहेको छ । त्यस्तै सिंगल चेनल एबीएससहित यसको ब्रेकिङ प्रणालीमा व्यापक सुधार भएको हुनाले यो मोटरसाइकल अधिक सुरक्षित बनेको छ ।

प्रकाशित समय : २३:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु