काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पोखरामा डिशहोम फाईबर नेटको औपचारिक सुरुवात

21.25K
shares

डिश मिडिया नेटवर्क लिमिटेड (डिश होम) ले पोखरामा डिशहोम फाइबर नेटको औपचारिक सुरुवात गरेको छ । आज भाद्र २३ गते नयाँ बजारस्थित भट्टराई एण्ड ब्रदर्स सप्लायेर्स प्रालिमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष्य नारायण कोइरालाबाट उद्घाटन सम्पन्न भएको छ ।

भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालिका अध्यक्ष अम्बिका मोहन भट्टराईले डिशहोम फ़ाईबर नेटको औचित्यबारे प्रस्ट पारे । उनले  भने, 'डिसहोमले इन्टरनेटमा गरेको लगानीले अब नेपालमा ईन्टरनेट क्रान्ति सुरू भयो । सस्तो सर्भासुलभ र गुणस्तरीय इन्टरनेट सेवा हरेक ग्राहकलाई थप सेवा सुविधासहित आजबाट जडान हुनेछ भने १० Mbps देखि ग्राहक को रोजाइ अनुसार १०० Mbps सम्मको प्याकेज उपलब्ध रहेको छ ।' उनले थपे, 'सहरी एरियामा सुरु गरेको डिशहोम फ़ाईबर नेट आफ्नो सेवालाई ग्रामीण एरियाका ग्राहकलाई पनि छिट्टै उपलब्ध गराउने कुरा डिश होमका यरिया सेल्स मेनेजर प्रदिप सुवेदीले जानकारी गराइन् । डिशहोम फ़ाइबर नेटसँगै अन्य सेवा पनि छिट्टै सुरु हुने कुरा जानकारी गराए ।

यससँगै अब इन्टरनेटको समस्याले कुनैपनि नागरिक बञ्चित हुनुनपर्ने भएको छ । भट्टराई एण्ड ब्रदर्स प्रालिले डिस होम, डिस होम फाइबर नेट इन्टरनेट तथा विभिन्न उच्चस्तरीय ब्राण्डका इलेक्ट्रोनिक तथा अटोमोबाइल्सका सामानको बिक्रीवितरणमा गण्डकी तथा धवलागिरी क्षेत्रमा बजार विस्तार जमाएको छ ।