गृहपृष्ठ वाणिज्य बैंकको निक्षेपमा झिनो सुधार
वाणिज्य बैंकको निक्षेपमा झिनो सुधार
वाणिज्य बैंकहरूको निक्षेपमा झिनो सुधार देखिएको छ । गत साउन महिनाको तुलनामा वाणिज्य बैंकहरूको निक्षेप संकलन ६ अर्ब रूपैयाँले मात्रै बढेको हो । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरूको कूल निक्षेप ४१ खर्ब २९ अर्ब रूपैयाँ पुगेको छ । वाणिज्य बैंकहरूको साउन मसान्तसम्म कूल ४१ खर्ब २३ अर्ब रूपैयाँ बराबर निक्षेप संकलन गरेका थिए ।
भदौ महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानी ५५ अर्ब रूपैयाँले बढाएका छन् । साउन मसान्तको तुलनामा बैंकहरूको कर्जा लगानी ५५ अर्ब रूपैयाँले बढेको हो । वाणिज्य बैंकहरूले भदौको १८ गतेसम्म ३८ खर्ब १९ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन् । गत साउनसम्म बैंकहरूले कूल ३७ खर्ब ६४ अर्ब रूपैयाँ रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
यस्तै, स्वदेशी मुद्रामा वाणिज्य बैंकको निक्षेप चालीस खर्ब ९ अर्ब रूपैयाँ रहेको छ भने कर्जा ३६ खर्ब ६९ अर्ब रूपैयाँ रहेको छ । विदेशी मुद्रामा एक खर्ब २० अर्ब रूपैयाँको निक्षेप रहेको छ भने एक खर्ब ५० अर्ब रूपैयाँ बराबरको कर्जा रहेको छ । (रासस)
प्रकाशित समय : ००:३७ बजे

















