गृहपृष्ठ चेम्बरद्वारा राहत सामग्री हस्तान्तरण

चेम्बरद्वारा राहत सामग्री हस्तान्तरण

चेम्बरद्वारा राहत सामग्री हस्तान्तरण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले रसुवास्थित भोटेकोशी बाढीबाट प्रभावितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ । चेम्बरले आज नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुसीलाई ती राहत सामग्री हस्तान्तरण गरेको हो ।

सरकारलाई तयारी पोसाक, चिउरा, बिस्कुट, सेनिटरी प्याड, मञ्जन, ब्रस, पञ्जा तथा मास्क, टिसर्ट, दाललगायत दैनिक आवश्यक सामग्री हस्तान्तरण गरिएको चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले जानकारी दिए ।

यसअघि चेम्बरले नेपाल प्रहरीलाई १७ र विदुर नगरपालिकालाई दुई वटा ड्रोन तथा १२५ वटा पावर बैंक हस्तान्तरण गरेको थियो ।

प्रकाशित समय : १८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु