गृहपृष्ठ लामो तैनाथीपछि अमेरिकी विमानवाहक लिङ्कन घर फर्कंदै

लामो तैनाथीपछि अमेरिकी विमानवाहक लिङ्कन घर फर्कंदै

लामो तैनाथीपछि अमेरिकी विमानवाहक लिङ्कन घर फर्कंदै

मध्यपूर्वमा लामो तैनाथी पूरा गरी घर फर्किरहेको अमेरिकी विमानवाहक युएसएस अब्राहम लिङ्कन आइतबार बिहान सिङ्गापुर जलमार्गहुँदै अघि बढेको छ । उक्त युद्धपोत बन्दरगाह भ्रमणका लागि थाइल्यान्डमा रोकिने अपेक्षा गरिएको छ ।

अमेरिकी नौसेनाका ठूला युद्धपोतमध्ये एक लिङ्कनलेइरानविरुद्धको अमेरिकी सैन्य अभियानलाई समर्थन गर्दै आएको थियो । यसको पछिल्लो तैनाथीमा लगातार २५० दिनभन्दा बढी समुद्रमा बिताएको रेकर्ड बनेको थियो ।

लामो समयको तैनाथीका क्रममा चालक दलका सदस्यहरूको मानसिक स्वास्थ्यमा असर परेको तथा खाना र सरसफाइका सामग्रीलगायत आवश्यक आपूर्तिको अभाव भएको रिपोर्ट सार्वजनिक भएपछि लिङ्कनको तैनाथीबारे चिन्ता व्यक्त गरिएको थियो ।

थाई अधिकारीहरूका अनुसार लिङ्कन अमेरिकी सैन्य आधारमा फर्कनुअघि चालक दलका सदस्यलाई आराम तथा स्वास्थ्यलाभको अवसर दिन थाइल्यान्डमा रोकिनेछ ।

प्रकाशित समय : १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु