गृहपृष्ठ ग्लोबल आइएमई बैंकको एपबाटै दैवी प्रकोप उद्धार कोषमा सहयोग

ग्लोबल आइएमई बैंकको एपबाटै दैवी प्रकोप उद्धार कोषमा सहयोग

ग्लोबल आइएमई बैंकको एपबाटै दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्न सकिने सुविधा ल्याएको छ।

बैंकका अनुसार विपद्का बेला सहयोग गर्न चाहने ग्राहकले एपबाटै केही चरण पूरा गरी कोषमा रकम जम्मा गर्न सक्नेछन्। त्यसका लागि सम्बन्धित खाता छनोट गरी योगदानकर्ताको नाम र रकम उल्लेख गरेपछि सहयोग रकम पठाउन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकले डिजिटल बैंकिङलाई वित्तीय कारोबारमा मात्र सीमित नराखी विपद् तथा संकटका बेला सामाजिक सहयोगको माध्यमसमेत बनाउने उद्देश्यले सुविधा सञ्चालनमा ल्याइएको जनाएको छ। प्रविधिको प्रयोगमार्फत सामाजिक उत्तरदायित्वलाई थप प्रभावकारी बनाउने प्रयासस्वरूप यो सुविधा उपलब्ध गराइएको बैंकको भनाइ छ।

ग्लोबल आइएमई बैंकले देशभरका शाखा तथा डिजिटल माध्यमबाट बैंकिङ सेवा दिँदै आएको छ। बैंकले डिजिटल बैंकिङ सेवालाई थप सहज, सुरक्षित र पहुँचयोग्य बनाउँदै लैजाने जनाएको छ।

प्रकाशित समय : १०:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु