गृहपृष्ठ दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २-१ ले पराजित
दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २-१ ले पराजित
भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेल नेपालले २-१ ले गुमाएको छ । बिहीबार भएको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा हार ब्यहोरेको हो ।
भारतलाई जित दिलाउन ६३औं मिनेटमा फारुख चौधरी र ८०औं मिनेटमा कप्तान सुनील क्षेत्रीले गोल गरे । नेपालका तेज तामाङले ८६औं मिनेटमा सान्त्वना गोल फर्काए ।
प्रकाशित समय : ०१:२९ बजे


















