गृहपृष्ठ प्रदेश २ मा नेकपा (एस)मा थप दुई सांसदले गरे सनाखत
प्रदेश २ मा नेकपा (एस)मा थप दुई सांसदले गरे सनाखत
प्रदेश २ मा नेकपा एकीकृत समाजवादी पार्टीमा थप दुई सांसदले सनाखत गरेका छन् । आइतबार थप दुई सांसदले एमाले परित्याग गर्दै नेकपा (एस) रोजेका हुन् । एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि प्रदेश २ मा एकीकृत समाजवादीका सांसद १३ जना पुगेका हुन् ।
क्यान्सर पीडित सांसद डिल्ली उप्रेतीको आजै साँझसम्म सनाखत भइसक्ने नेकपा एसका सांसद शत्रुधन महतोले जानकारी दिए । उनका अनुसार दिल्लीस्थित नेपाली दूतावासको रोहवरमा उप्रेतीको सनाखत गरेर निर्वाचन आयोगलाई पत्र पठाउने तयारी भइरहेको छ । गत बिहीबार नेकपा एसको पक्षमा १० जना सांसदहरु प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेर सनाखत गरेका थिए, भने सांसदद्वय विश्वकर्मा र गुरुङ नेकपा एमालेको वीरगञ्जमा आयोजित प्रदेश कमिटी बैठकमा सहभागी भएका थिए ।
प्रकाशित समय : ००:५० बजे


















