गृहपृष्ठ पञ्चकन्या ग्रुपको ४९औं वार्षिकोत्सव सम्पन्न
पञ्चकन्या ग्रुपको ४९औं वार्षिकोत्सव सम्पन्न
पञ्चकन्या ग्रुपले मंगलबार एक कार्यक्रमको आयोजना गरी आफ्नाे ४९औं वार्षिकोत्सव वार्षिकोत्सव मनाएको छ । सो अवसरमा वर्षभरीमा बढी बिक्री गर्न सफल स्टील, प्लाष्टिक र प्रोफाइल, एसएस वाटर ट्यांक, एलजीएस, रेडिमिक्स कंक्रिट, बिटुमिन, सिलिण्डर तथा हेभी इक्विपमेन्टका डिलरहरुलाई पुरस्कार, प्रशंसापत्र तथा उपहारबाट सम्मानित गरिएको थियो ।
वर्षभरी पञ्चकन्या डन्डी बिक्री गरी प्रथम हुने काठमाडौंमा रहेको न्यू बज्रयोगिनी ट्रेडर्स, दोस्रो हुनेमा जनकपुरका पञ्चकन्या आइरन स्टोर, र तेस्रो हुनेमा जनकपुरकै बेबी इन्टरप्राइजेजलाई सम्मान गरिएको छ । त्यसैगरी प्लास्टिक डिभिजनअन्तर्गत प्रथम हुने काठमाडौंमा रहेको मयुर फौसेट्स, दोस्रो बुटवलमा रहेको किसान ट्रेडिङ, तेस्रो बुटवलमै रहेको प्रसन्न ट्रेडलिंक एण्ड सप्लायर्सलाई सम्मान गरिएको हो । साथै एसएस ट्यांक विभागअन्तर्गत प्रथम हुने काठमाडौंमा रहेको मयुर फौसेट्स, दोस्रो बुटवलमा रहेको किसान ट्रेडिङ, तेस्रो बुटवलमै रहेको पञ्चकन्या सप्लायर्स सम्मान गरिएको छ । त्यसैगरी रुफिङ डिपार्टमेन्टअन्तर्गत प्रथम स्थान हुने बुटवलमा रहेको किसान ट्रेडिङलाई सम्मान गरिएको छ ।
कार्यक्रममा इम्प्लोइ अफ द इयरबाट प्रजन ताम्राकार, आइटी विभाग र म्यानेजर अफ द इयर भरत खत्री, स्टील विभागलाई र मस्ट प्रोमिसिङ अवार्डबाट अलिना श्रेष्ठ, कमल सुवेदी, प्लास्टिक विभाग, असिम धिताल हाइड्रो विभाग र अजय शर्मा प्रशासन विभागलाई सम्मान गरिएको छ । त्यसैगरी सह्रानीय कार्य गर्ने तथा लामो समय सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । त्यसैगरी राम्रो कार्य गर्ने अन्य कर्मचारीलाई समेत प्रसंशापत्र, पुरस्कार र प्रमाणपत्रबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा सञ्चालकहरुले आफ्नो संलग्नता र ग्रुपको उद्देश्य, अवधारणा, भावी कार्य योजना, मूल्य मान्यता र हासिल गरेका उपलब्धिहरुबारे मन्तव्य व्यक्त गरेका थिए ।
प्रकाशित समय : १७:३२ बजे




















