global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ हेल्लो अध्यक्ष’ कार्यक्रममार्फत जनतासँग प्रत्यक्ष संवाद

हेल्लो अध्यक्ष’ कार्यक्रममार्फत जनतासँग प्रत्यक्ष संवाद

हेल्लो अध्यक्ष’ कार्यक्रममार्फत जनतासँग प्रत्यक्ष संवाद

दमौली ।, यहाँको बन्दीपुर गाउँपालिकाले हेल्लो अध्यक्ष कार्यक्रममार्फत् जनतासँग प्रत्यक्ष संवाद गर्ने जनाएको छ । पालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा सुशासन, जनउत्तरदायी सेवा प्रवाह र नागरिकसँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राखेको हो ।

गाउँपालिकाले जनताका गुनासा, सुझाव र समस्यालाई सहज रूपमा सम्बोधन गर्न ‘हेल्लो अध्यक्ष’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले स्थानीय सरकारलाई नागरिकमैत्री, जवाफदेही र पारदर्शी बनाउने उद्देश्यले विभिन्न कार्यक्रम अघि सारिएको जानकारी दिए । गाउँपालिकाको विकास यात्रामा नागरिकको प्रत्यक्ष सहभागिता र सुझावलाई महत्वपूर्ण आधारका रूपमा लिइएको बताए ।

अध्यक्ष थापाका अनुसार ‘हेल्लो अध्यक्ष’ कार्यक्रममार्फत गाउँपालिकावासीले आफ्ना गुनासा, समस्या, सुझाव तथा जिज्ञासा प्रत्यक्ष रूपमा गाउँपालिका अध्यक्षसम्म पु¥याउन सक्नेछन् । सेवा प्रवाहमा देखिएका समस्या, विकास निर्माणका काम, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधारसँग सम्बन्धित विषयमा नागरिकले सहज रूपमा आफ्नो धारणा राख्न सक्ने व्यवस्था गरिनेबताए ।

स्थानीय सरकार र नागरिकबीचको दूरी घटाउँदै जनताको आवाजलाई नीति निर्माण र कार्यान्वयन प्रक्रियासँग जोड्न कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्े । “स्थानीय सरकार जनताकै घरदैलोको सरकार हो”, थापाले भने “जनताका गुनासा र सुझाव सुन्ने तथा समाधान गर्ने दायित्व हाम्रो हो । त्यसैले नागरिकसँग प्रत्यक्ष संवाद बढाउन ‘हेल्लो अध्यक्ष’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।”

नीति तथा कार्यक्रममा सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा सुधार तथा प्रविधिमैत्री प्रशासनलाई पनि प्राथमिकता दिइएको छ । गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउने लक्ष्य लिएको छ । नागरिकले प्राप्त गर्ने सेवामा सहजता ल्याउन डिजिटल प्रविधिको प्रयोग बढाइने तथा प्रशासनिक प्रक्रियालाई थप व्यवस्थित बनाइने जनाइएको छ ।

गाउँपालिकाले आगामी वर्ष कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा रोजगारी सिर्जनाका कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको छ । स्थानीय स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै दिगो विकासको आधार तयार गर्ने नीति अवलम्बन गरिएको अध्यक्ष थापाले बताए।

पर्यटनको दृष्टिले महत्वपूर्ण गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पर्यटन पूर्वाधार विस्तार, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन तथा पर्यटकमैत्री वातावरण निर्माणका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । पर्यटन क्षेत्रको विकासबाट स्थानीय रोजगारी र आयआर्जन बढाउने लक्ष्य गाउँपालिकाले लिएको छ ।

अध्यक्ष थापाले गाउँपालिकाको समग्र विकासमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज तथा आम नागरिकको साझा सहकार्य आवश्यक रहेको उल्लेख गर्े । विकास र समृद्धिको लक्ष्य हासिल गर्न सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए ।

 

प्रकाशित समय : १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु