ओपोद्वारा ओपो फ्यूचर इमेजिङ टेक्नोलोजी इभेन्टको आयोजना
वि.सं.२०७८ भदौ ६ आइतवार १९:००
shares

ओपोले २०२१ ओपो फ्यूचर इमेजिङ टेक्नोलोजी इभेन्टको आयोजना गरेको छ । अनलाइन इभेन्टमार्फत ओपोले सेन्सर्सका लागि अपग्रेड, मोड्यूल्स र अल्गोरिदमलगायत स्मार्टफोन इमेजिङ टेक्नोलोजीसँग सम्बन्धित विभिन्न नवप्रवर्तन सार्वजनिक गरेको थियो ।
प्रयोगकर्तालाई जीवनका सौन्दर्य सहज रुपमा कैद गर्न सघाउने उद्देश्यका साथ कम्पनीले आफ्नो ध्यान स्व-विकास र अन्तर्निहित इमेजिङ प्रविधिको विकासमा केन्द्रित गरिरहेको छ । कम्पनीले सार्वजनिक गरेको नवप्रवर्तनहरुमा ओपोको नेक्स्ट जेनरेशन आरजीडब्ल्यूबी सेन्सर, ८५-२००एमएम कन्टिनुओस अप्टिकल जुम, फाइभ-एक्सिस ओआइएस टेक्नोलोजी र आफ्नो स्वामित्वमा रहेका एआई अल्गोरिदमका श्रृंखला सहितको नेक्स्ट जेनरेशन अन्डर स्क्रिन क्यामेरा रहेका छन् । यी नयाँ प्रविधिहरुको उपयोगमार्फत ओपोले लाइट सेन्सिटिभिटी, जुम क्यापेबिलिटी, स्टेबलाइजेशन, फ्यूचर प्रडक्ट फोर्म फ्याक्टर प्रि-रिसर्चलगायत स्मार्टफोन इमेजिङ टेक्नोलोजीका क्षेत्रमा ठूलो सफलता हात पारेको छ ।
नयाँ सेन्सर :
ओपोको नयाँ-पुस्ताको आरजीबीडब्ल्यू सेन्सरले सुदृढ कलर परफरमेन्समार्फत उल्लेख्य रुपमा प्रकाश संवेदनशीलता बढाउँछ । यसका लागि कम्पनीले अतिरिक्त ह्वाइट सब-पिक्सेल्स (डब्ल्यू), अभूतपूर्व डीटीआई प्रविधि र ओपोद्वारा स्व-विकसित फोर इन वान पिक्सेल अल्गोरिदमको प्रयोग गरेको छ । यी नवप्रवर्तनका नतिजास्वरुप नयाँ सेन्सरले पछिल्ला सेन्सरका तुलनामा ६० प्रतिशत बढी प्रकाश ग्रहण गर्ने क्षमता बोक्छ । साथै, सफा-स्पष्ट र न्यून प्रकाश भएका स्थानमा पनि ३५ प्रतिशतसम्म न्वाइज रिडक्शन गरी चहकिला तस्बिर लिन सघाउँछ ।
.png)
ओपोको नयाँ पुस्ताको आरजीबीडब्ल्यू सेन्सरको दृष्टान्त
न्यून प्रकाश भएका स्थानमा उच्च गुणस्तरीय तस्बिर कैद गर्न सघाउनुका साथै नयाँ पुस्ताको आरजीबीडब्ल्यू सेन्सरले तस्बिर तथा भिडियो दुवैमा पोट्रेटलाई छाला, बनोट र टेक्स्चरमा सुधारमार्फत थप अर्थपूर्ण बनाउन सघाउँछ । नयाँ सेन्सरहरु ओपोका उत्पादनहरुमा सन् २०२१ को चौथो क्वार्टरदेखि व्यवसायिक रुपमा उपलब्ध गराइने जानकारी दिइएको छ ।
नयाँ मोड्यूल :
नयाँ सार्वजनिक मोड्यूल ८५-२०० एमएमको कन्टिन्यूओस अप्टिकल जुम हो । यसले स्ट्रक्चरल मोड्युलमा हार्डवेयर लेभलमा रिडिजाइन गर्छ । यसमा पहिलोपटक जी प्लस पी (ग्लास+प्लास्टिक) लेन्स प्रविधि अपनाइएको छ । अप्टिकल प्रभावमा बढावा दिनुका साथै उल्लेखनीय रुपमा अनावश्यक प्रकाशमा न्यूनीकरण ल्याउनेलगायत काममा सघाउन यसमा दुई निकै पातला, उच्च परिशुद्धता सहितका एस्फेरिक ग्लास लेन्सको प्रयोग गरिएका छन् ।
टनल म्यागनेटोरेजिस्टेन्स सेन्सर (टीएमआर सेन्सर)को नवप्रवर्तनात्मक प्रयोगले क्यामेरा मोड्यूल मातहतका लेन्सलाई थप स्थिर र सटिकताका साथ चल्न सघाउँछ । नयाँ परिस्कृत गाइडिङ शाफ्ट मोटरले लेन्स प्रणालीअन्तर्गत चलाउन सकिने गतिशील झुकावमा थप लचिकता उपलब्ध गराउँछ । यसले गर्दा उच्च म्याग्निफिकेशनमा निरन्तर अप्टिकल जूमका लागि टेवा पुग्छ ।

ओपो ८५-२०० कन्टिन्यूओस अप्टिकल जूम
यी नवप्रवर्तनले ८५ एमएम देखि २०० एमएमको समानान्तर फोकल लेन्थसम्म निरन्तर अप्टिकल जूम गर्ने कार्यमा सघाउँदै नजिकका व्यक्तिगत पोट्रेटदेखि लिएर टाढा टाढा ल्यान्डस्केपहरुसमेत क्रप गर्नै नपर्ने गरी हरेक म्याग्निफिकेशन लेभलमा सटिक तस्बिर कैद गर्न सघाउँछ । त्यसैगरी, ओपोको नयाँ फाइभ-एक्सिस् ओआइएसले सिष्टम प्रोशेसरलाई गायरोस्कोपको माध्यमबाट गतिसम्बन्धी डाटा संकलन, विश्लेषण र अल्गोरिदममार्फत आवश्यकताअनुसार उपयोग गर्ने क्षमता प्रदान गर्छ । यसरी संकलित डाटा लेन्स र सेन्सरलाई उपलब्ध गराइन्छ ।
न्यून प्रकृतिका चाल (मूभमेन्ट)को अवस्थामा लेन्स सिफ्ट ओआइएस, एक्स र वाई एक्सिस सिफ्टिङमार्फत तस्बिरमा स्थितरता प्रदान गरिन्छ । त्यसैगरी, अत्यधिक चाल वा कम्पन भएको अवस्थामा फाइभ एक्सिस अफ स्पेसमा स्थिरताका लागि हराइजन्टर सिफ्टिङ (एक्स), भर्टिकल सिफ्टिङ (वाई) र रोलिंगका साथै अल्गोरिदम कम्पेन्सेशनसहित सेन्सर सिफ्ट ओआइएस प्रयोगमा ल्याइन्छ ।
यसले मोबाइल उपकरणमा उपलब्ध परम्परागत ओआइएस प्रविधिका तुलनामा ३ गुणा बढी स्थिरता प्रदान गर्ने क्षमता राख्छ । रातको समयमा तथा मोशन शट्सका लागि ओपोको स्वामित्वमा रहेको अल्गोरिदम प्रविधिले स्थिरता, स्पष्टता र रंग सम्प्रेषणमा भाइब्रेशन कम्पेन्सेशन परफरमेन्समा ६५ प्रतिशत अधिकताका साथ ब्यापक सुधार उपलब्ध गराउँछ । ओपोको फाइभ-एक्सिस् ओआइएसलाई सन् २०२२ को क्यूवानदेखि व्यवसायिक रुपमा उपलब्ध गराइने जानकारी दिइएको छ ।
.png)
ओपोको फाइभ-एक्सिस् ओआईएस प्रविधि
नयाँ अल्गोरिदम :
ओपोले भविष्यका स्मार्टफोन्सका लागि आफ्नो नेक्स्ट जेनरेशन अन्डर स्क्रिन क्यामेरा पनि प्रदर्शित गरेको छ । यसमा प्रयोग गरिएको नवप्रवर्तनात्मक पिक्सेल जियोमेट्रीले अन्डर-स्क्रिन क्यामेराको क्षेत्रमा ४००-पीपीआइको उच्च गुणस्तरीय डिस्प्लेको सुनिश्चितता प्रदान गर्छ । पारदर्शी वायरिङ र नयाँ डिजाइनको प्रयोगले प्रयोगकर्तालाई उच्च डिस्प्ले गुणस्तर र आनन्ददायी दृष्यानुभूति प्रदान गर्छ । स्क्रिनमा एक पिक्सेल सर्किटले एक पिक्सेल नै ड्राइभ गर्ने आफ्नो स्वामित्वअन्तर्गतको नयाँ समाधान र ओपोको सटिक अल्गोरिदम कम्पेन्सेशन प्रविधिसँगको संयुक्त प्रयोगले समग्र स्क्रिनको क्रोम्याटिसिटी र प्रकाश माथिको नियन्त्रणको सटिकतालाई मात्र २ प्रतिशतको डेभिएशनमा सीमित गर्छ । साथै, स्क्रिनको आयू ५० प्रतिशतसम्म लम्ब्याउने क्षमता राख्छ ।
साथै, ओपोको यूएस रिसर्च इन्ष्टिच्यूटले इमेजिङ एआइ अल्गोरिदमको एक नयाँ श्रेणीकै विकास गरिसकेको छ । तिनमा विवर्तन घटाउने, अन्डर स्क्रिन क्यामेरामा साधारणतया देखिने धमिलो आकृति तथा अति चहकिलो हुनेलगायत एचडीआर र एडब्ल्यूबी जस्ता समस्याको समाधान सम्मिलित रहेका छन् । उपभोक्ताले स्पष्ट, प्राकृतिक देखिने तस्विर तथा दृष्य कैद गर्न सकुन् भन्ने सोचका साथ ओपोले आफ्नो एआइ डिफ्राक्शन रिडक्शन मोडललाई दसौँ हजार तस्विरहरका सहायताले तालिम प्रदान गरिसकेको छ ।
विश्वभरका उपभोक्ताको परिवर्तनशिल मागलाई सम्बोधन गर्न ओपोले आफ्नो विश्वब्यापी आरएण्डी क्षमतालाई थप सबल पार्दै लगेको छ । हाल ओपोसंग ६ रिचर्स ईन्ष्टिच्यूट, ५ आरएण्डडी केन्द्र र विश्वभर दस इमेजिङ ल्याब्स रहेका छन् । भविष्यमा पनि ओपोले स्व-विकासित इमेजिङ प्रविधिको कार्यान्वोयनमा आफ्नो ध्यान केन्द्रित गर्दै औद्योगिक पार्टनरसँगको सहकार्यलाई थप मजबुत तुल्याउँदै प्रयोगकर्तालाई अझ सुदृढ इमेजिङ अनुभव प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

























