काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ग्लोकल टिन हिरो : अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा

14.24K
shares

वाइवाइ ग्लोकल टिन हिरो २०२१ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । देशभरिका किशोरकिशोरीहरुबाट कुल ६११ आवेदन आएकोमा अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो ।

किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाइ वाइ ग्लोकल टिन हिरो नेपालको यो सातौं संस्करण हो । यस वर्ष सेप्टेम्बर १, २०२१ मा अनलाइन अवार्ड कार्यक्रम र सम्मेलनमार्फत वाइवाइ ग्लोकल टिन हिरो नेपाल विजेताको नाम घोषणा गरिने कम्पनीले जनाएको छ ।किशोरकिशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, वातावरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ ।

अन्तिम ६ प्रतिस्पर्धीको कामको सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्शनको मापनको लागि अन्तर्वार्ता हुनेछ र २०२१ को विजेता घोषणा गरिने छ । यस वर्षको निर्णायक टोलीमा युरोपियन युनियनका राजदूत नोना डेप्रेज, गोल्डस्टारको मार्केटिङ, ब्रान्डी र व्यवसाय विकास निर्देशक विदुषी राणा, सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरी, नेपालका लागि कोकाकोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी, र ज्योति ग्रुप अफ कम्पनीका निर्देशक र स्याकर ट्रेडिङ कम्पनीका अध्यक्ष, सौरभ ज्योति रहने कम्पनीले जानकारी गराएको छ ।

यस वर्षको अन्तिम ६ प्रतिस्पर्धीले ६ दिन लामो क्षमता निर्माण कार्यशालामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । उम्मेदवारहरूलाई मतदान गर्न, आफ्नो मनपर्ने फाइनलिस्टको मतदान कोड ३३००१ मा एसएमएस गर्न सक्नेछन् । फाइनलिस्टहरूका लागि मतदान कोडहरू यसप्रकार रहेका छन् ।

अनुराग चापागाइँ – GTH<space>AC टाइप गरी ३३००१ मा एसएमएस पठाउने
दीपक सुतिहार – GTH<space> DS टाइप गरी ३३००१ मा एसएमएस पठाउने
खुस्बु भण्डारी – GTH<space> KB टाइप गरी ३३००१ मा एसएमएस पठाउने
नेहा गुरुङ – GTH<space> NG  टाइप गरी ३३००१ मा एसएमएस पठाउने
प्रन्जल चालिस – GTH<space> PC टाइप गरी ३३००१ मा एसएमएस पठाउने
सभ्या राइ – GTH<space> SR टाइप गरी ३३००१ मा एसएमएस पठाउने

सेप्टेम्बर १, २०२१ मा ग्लोकल टिन हिरो नेपाल अनलाइन आयोजना गरिने भएको छ । शिक्षा, उद्यमशीलता, कूटनीति, एवं अन्य विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा यो कार्यक्रम सञ्चालन गरिने छ । ग्लोकल टिन हिरो फेसबुक पेज र विभिन्न मिडिया टेलिभिजनमार्फत यो लाइभ स्ट्रिम पनि हुने कम्पनीले जनाएको छ ।