ह्वावेद्वारा दिगो मोबिलिटीको लागि एपीएसी रेलवे डिजिटलाइजेशन गर्दै
वि.सं.२०७८ भदौ २ बुधवार १९:४५
shares

'स्मार्ट रेल, बेटर फ्युचर मोबिलिटी' थीम रहेको ह्वावे एशिया-प्रशान्त रेलवे फोरम २०२१ शुक्रबार समापन भएको थियो । फोरममा सहभागीहरूले सहरी मास ट्रान्जिट प्रणालीको लागि परिचालन दक्षता प्राप्त गर्न इनोभेशनको अन्वेषण, जसमा एपीएसी (APAC) ड्राइभरलेस सञ्चालन र कार्यप्रवाह व्यवस्थापनको माध्यमबाट गरिएको थियो ।
यस कार्यक्रमले APAC क्षेत्रभरबाट १ हजार ३०० भन्दा बढी रेलवे उद्योगका ग्राहक, साझेदार, विशेषज्ञहरु र मिडिया आकर्षित गरेको थियो । कोर ह्वावे रेलवे उद्योग ग्राहकहरु र साझेदारहरु- हङकङ मास ट्रान्जिट रेलवे कर्पाेरेशन, सिंगापुर मास रैपिड ट्रान्जिट लिमिटेड र प्रोफेसनल सर्भिस फर्मअरुप ग्रुप लिमिटेडसहित एक प्यानल छलफलमा भाग लिएका थिए । जहाँ विशेष गरी ड्राइभरलेस सञ्चालन र कार्यप्रवाह व्यवस्थापनको माध्यमबाट सहरी मास ट्रान्जिट प्रणालीको लागि परिचालन दक्षता प्राप्त गर्ने आफ्नो महत्वपूर्ण अनुभव सेयर गरिएको थियो ।
कार्यक्रमको प्यानल सत्रमा, डिजिटल रूपान्तरण र व्यापार इनोभेसन, स्मार्ट कर्पाेरेशन लिमिटेडका प्रमुख क्वेक हेन ची ले सिंगापुरमा धेरैजसो मानिसले आफ्नो समुदायको जीवनशैलीलाई ग्रीनर यातायातका माध्यमहरुमा ढालिसकेको बताए । उनले आफ्नो सामाजिक जिम्मेवारीलाई सहरी वातावरणमा सार्वजनिक यातायात प्रयोग गरी योगदान गर्ने गरेको आफ्ना अवलोकन प्रष्ट पारे । 'मलाई लाग्छ कि प्रविधि तयार छ, एउटा चुनौती यो हो कि हामी कसरी कार्यस्थल, श्रमशक्ति र तदनुसार कार्य प्रक्रियाहरुलाई रूपान्तरण गर्छौं,' उनले भने । ह्वावे APAC इन्टरप्राइज बिजनेस ग्रुपका वरिष्ठ उपाध्यक्ष आरोन वांगले महामारीले ल्याएका चुनौतीहरुलाई सम्बोधन गर्दै यस्तो चुनौतीहरुलाई सबै उद्योगहरुको लागि अवसरमा रुपान्तरण गरिएको बताए ।
ग्लोबल रेल बिजनेसअरुपका निर्देशक टीसी च्युले डिजिटलीकरणमा तीन प्रमुख प्रवृत्तिहरु सेयर गरे । डाटा, एनालिटिक्स र सञ्चार । उनले भने, 'वास्तवमा रेलवेको लागि प्रविधिको भ्यालुलाई बढाउने ताकत ती मानिसहरुसँग छ । जो वास्तवमा यी प्रविधिहरु प्रयोग गर्दैछन् र कुनै प्रविधिहरुमा उपलब्ध रहने डाटाको फाइदा लिँदैछन् । त्यसपछि कसरी केही मात्रामा इन्टेलिजेन्स लगाई हाम्रो दैनिक रेल सञ्चालन र हाम्रा सम्पत्तिहरुको रेखदेख र सेवा वितरणको बारेमा अझ राम्रो निर्णय लिनमा मद्दत गर्न सकिन्छ ।' शेन्जेन मेट्रोको मेट्रो स्टेशन डिजिटल इनोभेशन स्टुडियोका निर्देशक चांगक्वान लुओले यसको डिजिटलकरण रणनीतिको पृष्ठभूमिको व्याख्या गरे । उनले भने, 'स्मार्ट स्टेशन डिजिटल प्लेटफर्मले उपकरणहरु देखी क्लाउडसम्म थुप्रै नेटवर्क कनभर्जेन्स हासिल गर्दै सेवाहरु अभिसरण र एकीकृत गर्दछ । यो प्रविधिले हाम्रो स्मार्ट स्टेशन १.० लाई पूरा गर्न मद्दत गरेको छ ।' यसको प्रदर्शनी हलको एक भर्चुअल भ्रमणमा ह्वावेले कसरी आइसीटीको नयाँ इनोभेशन रेल उद्योगमा तैनाथ गरिएको छ, जसले ह्वावे स्मार्टली अनइन्टरप्टिबल पावर सप्लाईदेखि ओप्टिक्स सोलुसन र ह्वावे एरइन्जिन वाइ-फाइ ६ सम्म डिजिटल रूपान्तरण सक्षम गर्दछ ।
ह्वावे अप्टिक्सद्वारा प्रदान गरिएको उच्च ब्यान्डविड्थले क्लाउड एप्लिकेसनहरुको वृद्धिलाई समर्थन गर्दछ । अत्याधिक विश्वसनीय डिजाइन र इनपुट भोल्टेजको लागि व्यापक कभरेजको साथ ह्वावे स्मार्टलि यूपीएसले पारम्परिक लीड-एसिड ब्याट्री सोलुसनको कमसेकम दोब्बर ब्याट्री लाइफ प्रदान गर्दछ । यो कठोर अपरेटिङ वातावरणमा पनि तैनाथ गर्न सकिन्छ । जहाँ मुख्य पावर सप्लाई या त अस्थिर छ या पूरै अभाव छ । जसले एक एकीकृत प्लेटफर्म प्रदान गर्दै धेरै ऊर्जा स्रोतहरुको उपयोगलाई समर्थन गरी प्रभावी ढंगले ग्राहक लगानी बचाउँदछ ।

























