शनिबार नर्भिकमा यूरोसर्जनको फ्री ओपीडी हुने
वि.सं.२०७८ साउन २० बुधवार २०:०५
shares

नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत आउने शनिबार वरिष्ठ यूरो सर्जनद्वय डा. भरतबहादुर भण्डारी र डा. सुनिल श्रेष्ठले सेवा दिने भएका छन् । प्रोस्टेट ठूलो भएका, मिगौला, मूत्रथैली तथा मूत्रनलीमा पत्थरीको समस्या भएका, तथा मूत्ररोगसम्बन्धी समस्या भएकाले डा. भण्डारी र श्रेष्ठले फ्री ओपीडी अभियानमा सहभागी भएर लाभ लिनसक्ने अस्पतालले जनाएको छ ।
नर्भिकले गत सातादेखि प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपीडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । आउने शनिबार डा.द्वयले बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म नर्भिक अस्पतालमै बिरामीहरुलाई निःशुल्क ओपीडी सेवा दिनेछन् । निःशुल्क ओपीडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्याण्डलाइन नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।
प्रत्येक शनिबारको निःशुल्क ओपीडी सेवामा बस्ने विशेषज्ञ चिकित्सकहरुको विषयमा पूर्वजानकारी नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजबाट गराइनेछ । यसअघिको शनिवार वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. कामाक्षा शाह र डा. मधु पाण्डेले निःशुल्क ओपीडी सेवा दिएका थिए । उनीहरुको निःशुल्क ओपीडी सेवामा बिरामीहरुको भीड लागेको थियो । नर्भिक अस्पतालका सीइओ अजयकुमार मिश्रले प्रत्येक शनिबार अलग अलग विशेषज्ञहरुलाई फ्री ओपीडी सेवामा प्रस्तुत गरिने उल्लेख गर्दै सम्बन्धित बिरामीहरुलाई भरपूर फाइदा लिन आह्वान गरेका छन् ।

























