global ime bank Long Banner Ad

गृहपृष्ठ झिनो अंकले बढ्यो नेप्से, ६ कम्पनीको कारोबारमा सर्किट

झिनो अंकले बढ्यो नेप्से, ६ कम्पनीको कारोबारमा सर्किट

झिनो अंकले बढ्यो नेप्से, ६ कम्पनीको कारोबारमा सर्किट

साताको पहिलो दिन आइतबार सेयर बजार झिनो अंकले उकालो लागेको छ । सेयर मापक कारोबार गर्ने नेप्से परिसूचक १.२५ अंकले बढेर तीन हजार ८१.०५ अंकमा उक्लेको छ भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२४ अंकले बढेर ५७२.१५ अंकमा पुगेको छ । 

आज २२६ कम्पनीको तीन करोड तीन लाख ४२ हजार ३५२ कित्ता सेयर १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६२ रुपैयाँमा खरिद बिक्री भएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ उपसमूहमध्ये ७ समूहको सेयर माइनसमा गएको छ भने बाँकी समूहको सेयर उकालो लागेको छ । बैंकिङ, होटल तथा पर्यटन, वित्त, निर्जीवन बिमा, अन्य, जीवन बिमा र सामुहिक लगानी कोषको सेयर ओरालो लागेको छ भने व्यापार, विकास बैंक, जलविद्युत, उत्पादनमुलक, लघुवित्त र लगानी समूहको सेयरमा हरियाली देखिएको छ ।

त्यस्तै आज ६ कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ । सिनर्जी पावर विकास, कालिका पावर कम्पनी, युनिभर्सल पावर कम्पनी, ग्रीनलाइफ हाइड्रोपावर र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित समय : २१:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु