गृहपृष्ठ छोरीलाई जबरजस्तीकरणी गरेको अभियोगमा बुवा पक्राउ
छोरीलाई जबरजस्तीकरणी गरेको अभियोगमा बुवा पक्राउ
आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्तीकरणी गरेको अभियोगमा एक जना पक्राउ गरेका छन् । जिल्लाको पाणेनी गाउँपालिका-८ बस्ने ४८ वर्षीय पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै घर नजिकै रहेको जंगलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय : १९:३३ बजे



















