global ime bank Long Banner Ad

गृहपृष्ठ अर्थ सचिवमा मधु मरासिनी

अर्थ सचिवमा मधु मरासिनी

अर्थ सचिवमा मधु मरासिनी

अर्थ मन्त्रालयको सचिवमा मधु मरासिनी आएका छन् । अर्थ मन्त्रालय मातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थमन्त्री जनार्दन शर्माले अर्थ सचिवको जिम्मेवारी दिएका हुन् ।

अर्थ सचिव शिशिर ढुंगाना भने प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् । अर्थमन्त्री शर्माकाे सचिवालय स्राेतका अनुसार मन्त्रिपरिषदको बैठकले सचिव सरुवासम्बन्धी निर्णय गरेको थियो । ढुंगानाले सरुवाकाे पत्र समेत बुझिसकेका छन् ।

यसअघि अर्थसचिव रहेका शिशिरकुमार ढुंगानालाई भने सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ । ढुंगाना राजन खनाल सेवा निवृत्त बनेसँगै अर्थसचिव बनेका थिए ।

प्रकाशित समय : १९:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु