गृहपृष्ठ दार्चुला घटना : दोषीलाई कारबाही गर्न २२ दलको माग
दार्चुला घटना : दोषीलाई कारबाही गर्न २२ दलको माग
कार्यगत एकतामा सम्मिलित २२ दलीय गठबन्धनले दार्चुला घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेकाे छ । गत साउन १५ गते बिहान साढे ८ बजे दार्चुलाको ब्यास गाउँपालिका २ मालघाटबाट भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलंगा जाने क्रममा महाकाली नदीमा तर्दै गरेको तुइनको डोरी काटिएपछि जयसिंह धामी नदीमा बेपत्ता भएका थिए ।
भारतीय पिथौरागढ जिल्ला अधिकारीले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर सोही घटनामा एसएसबीको कुनै संलग्नता नभएको भन्दै इन्कार गरेकाे छ । तर स्थानीय प्रत्यक्षदर्शीले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुईनको डोरी काट्दा ३३ वर्षका धामी महाकाली नदीमा बेपत्ता भएको बताएका छन् । एसएसबीकाे यस्तो आततायी घटनामा संलग्न व्यक्तिलाई कुटनीतिक पहल गरी कानुनी दायरामा ल्याउन सरकारसँग माग गरिएको छ ।
सरकारले दोषीमाथि कारबाही नगरेमा सडक संघर्षमा उत्रिनुको विकल्प नभएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति :

प्रकाशित समय : २०:११ बजे



















