गृहपृष्ठ आजको राशिफल : २०८३ असार ६ गते, शनिबार
आजको राशिफल : २०८३ असार ६ गते, शनिबार
आज २०८३ असार ६ गते शनिबार, सन् २०२६ जुन २० तारिख, नेपाल संवत् ११४६ तछलाथ्व षष्ठी, अधिक ज्येष्ठ शुक्ल पक्ष तथा जेठ शुक्ल षष्ठी तिथि परेको छ। पञ्चाङ्गअनुसार आज वज्र योग, तैतिल करण र मघा नक्षत्र रहेको छ। गृष्म ऋतु चलिरहेको छ। चन्द्रमा सिंह राशिमा र सूर्य मिथुन राशिमा रहेका छन्।
आज भोटो जात्रा (काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा), सिथि नख, कुमार षष्ठी तथा विश्व शरणार्थी दिवस समेत मनाइँदै छ।
नेपालमा आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ०० मिनेटमा हुनेछ।
आज कुनै महत्वपूर्ण कार्यका लागि घरबाट बाहिर निस्कनुपरेमा दही खाएर यात्रा प्रारम्भ गर्नु शुभ मानिएको छ। साथै, महत्वपूर्ण कार्यको शुभारम्भ वा शुभ यात्राका लागि बिहान ६ बजेर १४ मिनेटदेखि ९ बजेर ५५ मिनेटसम्मको समय विशेष शुभ रहेको छ। उक्त समय नेपालको राष्ट्रिय समयअनुसार निर्धारण गरिएको हो।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज भावनामा बहिने सम्भावना भएकाले महत्वपूर्ण काममा ध्यान दिनु आवश्यक छ। कार्यक्षेत्रमा सफलता मिल्ने संकेत देखिए पनि लक्ष्य प्राप्तिका लागि निरन्तर मेहनत गर्नुपर्छ। बिर्सने बानीले केही काममा ढिलाइ हुन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भेटघाट र सामाजिक सम्बन्ध विस्तार हुने दिन भए पनि मानसिक तनाव र चिडचिडापन बढ्न सक्छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। विवाद र अनावश्यक बहसबाट टाढा रहनु उचित हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
राम्रो समाचार प्राप्त हुने तथा रोकिएका काम पूरा हुने सम्भावना छ। अध्ययन, परीक्षा र प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्ने योग रहेको छ। नयाँ प्रयासले सकारात्मक परिणाम दिन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आत्मविश्वास बढ्नेछ र काममा उत्साह थपिनेछ। साथीभाइको सहयोगले जिम्मेवारी पूरा गर्न सहज हुनेछ। खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सञ्चार, व्यापार, यातायात तथा मार्केटिङ क्षेत्रसँग सम्बन्धित व्यक्तिका लागि दिन लाभदायी रहनेछ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। नयाँ ज्ञान र अनुभव प्राप्त गर्ने अवसर मिल्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मानसिक दृढता र आत्मबल बढ्ने दिन छ। परिवार तथा समाजमा प्रभाव कायम रहनेछ। बोल्दा संयमता अपनाउनुहोस्, किनकि असावधानीपूर्ण अभिव्यक्तिले सम्बन्धमा असर पर्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
जीवनसाथी वा प्रियजनसँगको सम्बन्ध सुमधुर रहनेछ। व्यक्तित्वमा आकर्षण बढ्नेछ। जोखिमपूर्ण लगानीबाट बच्नु राम्रो हुनेछ। परिवारको आवश्यकतामा समय खर्चिनुपर्ने देखिन्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मन अस्थिर रहन सक्ने भएकाले अध्ययन तथा काममा ध्यान केन्द्रित गर्न कठिन हुन सक्छ। अनावश्यक खर्च बढ्ने सम्भावना छ। प्रतिष्ठामा असर पर्ने कामबाट टाढा रहनु बुद्धिमानी हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रशासनिक तथा सरकारी काममा सफलता मिल्नेछ। विगतको मेहनतको प्रतिफल प्राप्त हुने दिन छ। अतिरिक्त आम्दानीको सम्भावना पनि रहेको छ। प्रेम सम्बन्धमा समेत सकारात्मक वातावरण रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सरकारी तथा प्रशासनिक क्षेत्रबाट लाभ प्राप्त हुन सक्छ। आत्मविश्वास बढ्नेछ र सामाजिक प्रतिष्ठा उकास्ने अवसर मिल्नेछ। व्यवहारमा संयम र मर्यादा कायम राख्न आवश्यक छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आकस्मिक लाभ प्राप्त हुने सम्भावना छ। धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ। सम्मान प्राप्त भए पनि परिवारलाई पर्याप्त समय दिन नसक्दा केही असन्तुष्टि हुन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कामको चाप बढ्न सक्छ। चुनौतीपूर्ण परिस्थितिमा पनि धैर्यपूर्वक अघि बढे सफलता मिल्ने सम्भावना छ। परिवार र साथीभाइसँग सामान्य मनमुटाव हुन सक्ने भएकाले व्यवहारमा सावधानी अपनाउनु उचित हुनेछ।
प्रकाशित समय : ०७:०४ बजे



















