global ime bank Long Banner Ad

गृहपृष्ठ आज कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त

आज कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त

आज कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 80

विश्वविद्यालयले पाँचौँ दीक्षान्त समारोहको तयारी पूरा गरेको छ । यस वर्ष कुल २,१९३ विद्यार्थी दीक्षित हुने भएका छन् ।

विश्वविद्यालयले कृषि र वन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्याएको छ ।
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शनिवार हुने आफ्नो पाँचौँ दीक्षान्त समारोहको तयारी पूरा गरेको छ ।

विश्वविद्यालयका रजिष्ट्रार प्राडा सुविर सिंहका अनुसार यस वर्ष विभिन्न सङ्काय र कार्यक्रमबाट उपाधि प्राप्त गरेका कुल २ हजार १९३ विद्यार्थी दीक्षान्त समारोहमा दीक्षित हुन योग्य भएका छन् । दीक्षित हुनेमा स्नातक तहका १,८३६ जना, स्नातकोत्तर तहका ३२७ र विद्यावारिधि तहका ३० जना उच्च तहका प्राविधिक तथा वैज्ञानिक जनशक्ति छन् ।

रजिष्ट्रार प्राडा सिंहक अनुसार पाँचौँ दीक्षान्त समारोहमा कृषि सङ्कायतर्फ कृषि स्नातक मा १,३७२, स्नातकोत्तरमा २१२ र विद्यावारिधितर्फ १९ योग्य भएको जानकारी दिए । त्यस्तै, पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायतर्फ पशु चिकित्सा तथा पशुपालन स्नातक मा ९७, पशु चिकित्सा स्नातकोत्तरमा ५१ र पशु चिक्तिसारपशु विज्ञान विद्यावारिधि मा २३ जना दीक्षित हुँदै छन् ।

सोही सङ्कायको मत्स्य विज्ञान स्नातकमा छ, स्नातकोत्तरमा २० र विद्यावारिधिमा ११ जना छन् । वन विज्ञान सङ«काय ९हेटौँडा० तर्फ वन विज्ञान स्नातक ९बीएस्सी फरेष्ट्री० मा ३४८, स्नातकोत्तरमा ३० विद्यावारिधि तर्फ तीन जना विद्यार्थी यस पटक दीक्षित हुन योग्य भएका छन् ।

विसं २०६७ असारमा स्थापना भएको यस विश्वविद्यालयले आफ्नो स्थापनाको १६ वर्ष पूरा गरेको छ । यस अवधिमा विश्वविद्यालयले देशको कृषि, पशुविज्ञान, मत्स्यपालन र वन विज्ञान क्षेत्रको विकासका लागि उल्लेखनीय जनशक्ति उत्पादन गर्न सफल भएको छ । विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार स्थापना कालदेखि हालसम्म विभिन्न सङ्काय र तहमा गरी कुल ५,९०६ जना दक्ष जनशक्ति उत्पादन भइसकेका छन् ।

मुलुकका लागि आवश्यक पर्ने उच्च तहको प्राविधिक तथा वैज्ञानिक जनशक्ति उत्पादन गरेर विश्वविद्यालयले देशको कृषि र वन क्षेत्रको रूपान्तरणमा ठुलो योगदान पुर्‍याउँदै आएको रजिष्ट्रार सिंहले बताए ।

प्रकाशित समय : ०५:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु