काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जर्मनीमा आधाभन्दा बढी जनसंख्यालाई कोरोनाविरुद्धको पूरा डोज खोप

15.62K
shares

जर्मनीको आधाभन्दा बढी जनसंख्यालाई कोरोना भाइरसविरुद्धको पूरा डोज खोप लगाइएको स्वास्थ्यमन्त्री जेन्स स्पानले बताएका छन् । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीले खोप अभियानलाई प्राथमिकतामा राखेको उनले बताएका हुन् । स्पानका अनुसार ४ करोड १८ लाख जर्मन हाल पूर्णरुपमा सुरक्षित भएका छन् ।

जर्मनीको कूल जनसंख्या ८ करोड ३० लाखभन्दा बढी छ । जर्मनीको आधा जनसंख्या भनेको ४ करोड १५ लाखभन्दा बढी हो । त्यस्तै ६१.१ प्रतिशतले जर्मन नागरिकले कम्तीमा एक डोज खोप प्राप्त गरेको पनि उनले बताएका हुन् । प्रायः सबैले नागरिकले शरद र जाडो मौसमसम्म खोप लिने पनि स्पानले ट्विटरमा लेखेका छन् ।

जर्मनीमा कोरोनाभाइरस सुरु भएदेखि हालसम्म ३७ लाख ६६ हजार ५०१ व्यक्ति संक्रमित भएका छन् । कोरोना संक्रमणको कारण ९१ हजार ५९२ व्यक्तिको मृत्यु भएको यहाँका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । (एजेन्सी)