Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

भारतको मोतिहारीबाट दुई नेपाली युवतीको उद्धार

न्युज कारोबार काठमाडौं साउन १२, २०७८       

भारतको मोतिहारीबाट दुई नेपाली युवतीको उद्धार फाइल तस्बिर

विर्तामोड नगरपालिका-२ का दुई युवतीलाई प्रहरीले माइती नेपालको सहयोगमा भारतको मोतिहारी जिल्लाको छौडादानीबाट उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार वीरगञ्ज प्रहरीको सहयोगमा उद्धार गरिएका दुवैलाई हाल वीरगञ्जस्थित माइती नेपालको उद्धार केन्द्रमा राखिएको प्रहरीले जनाएको छ । 

उनीहरुलाई विर्तामोडकै लक्ष्मी दास र सुनसरी जिल्लाको इटहरी बस्ने खुस्बुले ललाइफकाइ एक हप्ता अघि भारतको मोतिहारी पु-याएको खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । गत साउन ४ गते ती युवती हराएको भन्दै खोजतलास गरी पाउँ भनी निवेदन दिएलगत्तै प्रहरीले खोजी सुरु गरेको थियो ।

उद्धार गरिएका दुवैलाई आफन्तको जिम्मा लगाउने पहल भइरहेको छ । त्यसैगरी भारत लैजाने लक्ष्मी र खुम्बुलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ । (रासस)

सम्बन्धित खबरहरु