Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

प्रदेश नं. १ को नामाकरणका लागि मुख्यमन्त्रीले थाले छलफल

न्युज कारोबार काठमाडौं साउन १२, २०७८       

प्रदेश नं. १ को नामाकरणका लागि मुख्यमन्त्रीले थाले छलफल

प्रदेश नं. १ को नामाकरणको लागि मुख्यमन्त्री शेरधन राईले छलफल थालेका छन् । प्रदेश नं. १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामाकरणको विषयमा परामर्श थालेका हुन् ।

चालू अधिवेशनबाटै प्रदेशको नाम राख्नका लागि मुख्यमन्त्री राईले पहलकदमी थालेकाे उनका प्रेस संयाेजक ध्रुव सुवेदीले जानकारी दिए । मुख्यमन्त्री राईले दलका नेताहरुसँग प्रदेशको नामका लागि सहमति गरेर अगाडि बढ्नु पर्ने भन्दै छलफललाई तीव्रता दिएका छन् । प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलका नेताहरुसँग मुख्यमन्त्री राईले छलफल थालेका छन् ।

छलफलका क्रममा दलका नेताहरुले आ-आफ्नो पार्टीभित्र समान धारणा बनाएर अगाडि बढाउने बताएका छन् ।

सम्बन्धित खबरहरु