Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

‘महिन्द्रा मनसुन सर्भिस क्याम्प’ आयोजना हुँदै

न्युज कारोबार काठमाडौं साउन १२, २०७८       

‘महिन्द्रा मनसुन सर्भिस क्याम्प’ आयोजना हुँदै

महिन्द्रा फोर व्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्क्स प्रालिले यही साउन १४ र १५ गते देशव्यापी रुपमा ‘महिन्द्रा मनसुन सर्भिस क्याम्प’ आयोजना गर्दैछ ।

महिन्द्राका सम्पूर्ण फोर व्हीलर गाडीहरुको ३०-पोइन्ट चेकअपलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको यस सर्भिस क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुको सेवासुविधालाई मध्यनजर गरिएको यस सर्भिस क्याम्पमा गाडीको ३०-पोइन्ट चेकअपमार्फत सवारीको अवस्था सम्पूर्ण रुपमा उत्कृष्ट रहेको जानकारी पाउन सकिनेछ ।

यस क्याम्पमा सहभागी भई भरपुर फाइदा लिनका लागि ग्राहकहरुले चाँडै नै महिन्द्राको आधिकारिक सर्भिस सेन्टरमा बुकिङ गर्नु पर्नेछ । साथै, ग्राहकहरुले बुकिङको लागि दिइएका टोल फ्री नम्बरहरु १६६००१००२०० (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल)मा पनि सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

सम्बन्धित खबरहरु