गृहपृष्ठ गाई काटेको आरोपमा ६ जना पक्राउ
गाई काटेको आरोपमा ६ जना पक्राउ
संखुवासभाको मादी नगरपालिका- ९ मा गाई काटेको अभियोगमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी- ९ का सुदीप लिम्बू, निखिल लिम्बू, मिलन गुरुङ, प्रेमबहादुर श्रेष्ठ, मनबहादुर लिम्बू र सुदीप दर्जी रहेका छन् ।
मादी-९ स्थित दमाई खोल्सामा गाई काट्दै गरेको अवस्थामा उनीहरुलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका इन्स्पेक्टर शुभेष अधिकारीले बताए । प्रक्राउ परेको सबै जनामाथि गौवधसम्बन्धी मुद्दा चलाएको प्रहरीले जनाएको छ । सो मुद्दामा तीन वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।
प्रकाशित समय : ०१:१७ बजे