Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

विप्लव र बादलबीच भेटवार्ता

न्युज कारोबार काठमाडौं साउन ९, २०७८       

विप्लव र बादलबीच भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा (एमाले)का नेता रामबहादुर थापा 'बादल'सँग भेटवार्ता गरेका छन् । बादललाई भेट्न उनी शनिबार दिउँसो ४ बजे जोरपाटीस्थित उनको निवासमा पुगेका थिए । उनीहरुबीच करिब दुई घण्टा संवाद भएको बादलनिकट एक नेताले बताए ।

भेटवार्तामा विप्लवसँगै उनको पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत सहभागी थिए । आजै बिहान विप्लवले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग उनकै निवास हात्तिवनमा भेटवार्ता गरेका थिए ।

विप्लवले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । उनले प्राय: सबै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरिसकेका छन् । विप्लवले यसअघि केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड,माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण र कमल थापालाई पनि भेटिसकेका छन् ।

सम्बन्धित खबरहरु