Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

बजाजको नयाँ शोरुम अब जनकपुरमा

न्युज कारोबार काठमाडौं साउन ९, २०७८       

बजाजको नयाँ शोरुम अब जनकपुरमा

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले जनकपुरमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ओम अटोमोबाइल्सको उद्घाटन गरेको छ ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वासिलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले जनकपुरमा पनि शोरुम सञ्चालनमा ल्याएको छ । यस उद्देश्यलाई सार्थक बनाउन ओम अटोमोबाइल्सका सन्तोषकुमार साहलाई डिलरसीप प्रदान गरिएको छ ।

बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकलाई गुणस्तरीय र छिटो सुविधा पु¥याउने प्रयास गरिरहेको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा गु्रपका डिरेक्टर अभिमन्यु गोल्छाले भने, ‘हामी जनकपुरमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहक निरन्तर वृद्धि भइरहेका छन् र उनीहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । जनकपुरमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौं कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् । सोरुम उद्घाटनको अवसरमा ओम अटोमोबाइल्सले मोटरसाइकल किन्ने ग्राहकका लागि आकर्षक उपहारको व्यवस्था पनि गरेको छ । 

सम्बन्धित खबरहरु