कोरोनाको तेस्रो लहर विरूद्धकाे तयारीका लागि प्रधानमन्त्रीलाई १८ बुँदे सुझाव
वि.सं.२०७८ साउन ६ बुधवार २०:२५
shares

कोरोना संक्रमणको तेस्रो लहर विरूद्धकाे तयारीका लागि नेपाल जनस्वास्थ्य प्रतिष्ठानले प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव दिएको छ । आवश्यक औषधि तथा अक्सिजन आपूर्ति, प्रभावकारी परीक्षण सुविधा, शंकास्पद व्यक्तिका लागि क्वारेन्टिन सेन्टर सञ्चालन गर्न जरुरी रहेको प्रतिष्ठानले औंल्याएको छ ।
अस्पतालहरुमा बेड, आइसीयू र भेन्टिलेटरको संख्या बढाउन पनि प्रतिष्ठानकाे सुझाव छ । सिमानामा रहेका जनताको आवागमनलाई अनुगमन गर्न आधारभूत सुविधा सहितको होल्डिङ सेन्टर स्थापना गर्न, सहरका प्रत्येक वडा र गाउँपालिकाहरुमा कोभिडका बिरामीहरूका लागि अक्सिजन बैंक हुनुपर्नेमा पनि प्रतिष्ठानले ध्यानाकर्षण गराएको छ । प्रतिष्ठानले नेपालमा कोभिड-१९ संमक्रमणभन्दा मुटु, फोक्सोको रोग, मस्तिष्कघात र पखालाका कारण बढी मानिसको मृत्यु हुन्छ भन्ने हेक्का राख्न आग्रह गर्दै बन्दाबन्दीमा यिनै कारणहरूबाट मृत्यु हुने सम्भावना बढी रहनेतर्फ ध्यानाकर्षण गराएको छ ।
केही निजी र मेडिकल कलेजलाई केही समयका लागि अस्थायी कोभिड विशेष अस्पतालमा परिवर्तन गर्न पनि सुझाइएको छ । यसका साथै, सबैकाे सुझाव तथा सल्लाहलाई सम्मान र ग्रहण गर्नसक्ने इमानदार छवि भएका व्यक्तिलाई स्वास्थ्यमन्त्री नियुक्त गर्न पनि प्रतिष्ठानले आग्रह गरेकाे छ ।
सुझाव पत्र :

























