एमिललाई तीन स्वर्ण
वि.सं.२०७८ साउन ५ मंगलवार २२:५०
shares

नेपालको एमिल तेक्वान्दो डोजाङका खेलाडीले तेश्रो एमके क्लासिक खुला अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा ३ स्वर्ण जितेका छन् । त्यसका अलावा एमिलका खेलाडी समान १-१ रजत र कांस्य पनि जित हात पारेका छन् ।
पुरुष यु-१० मा एड्रिम राई र यु-९ मा कर्मा तामाङ तथा महिला यु-७ मा विशेषता रन्जितले स्वर्ण चुमे । पुरुष यु-९ मा आराध्यादेव अछामीले रजत तथा यु-१३ ब्ल्याकवेल्टमा स्वरुप बायुङ राईले रजत हात पारेको एमिलका प्रमुख प्रशिक्षक विश्व राईले बताए । प्रतियोगितामा राईले निर्णायकको भूमिकासमेत निर्वाह गरेका थिए ।
प्रतियोगितामा एमिलबाट ५ खेलाडी सहभागी भएकोमा पाँचैले पदक हात पार्न सफल भएका हुन् । प्रतियोगिता भारतमा जुलाई १६ देखि १८ तारिखसम्म भएको थियो ।

























