global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ मनकामनाको आइपीओको लागि करिब १९ लाख आवेदन

मनकामनाको आइपीओको लागि करिब १९ लाख आवेदन

मनकामनाको आइपीओको लागि करिब १९ लाख आवेदन

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) मा करिब १९ लाखले आवेदन दिएका छन् । सोमबार बिहान साढे १० बजेसम्म १८ लाख ९६ हजार ९२२ जनाको आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आवेदनबाट दुई करोड ४८ लाख ४५ हजार ३६० कित्ता सेयर माग भएको छ ।

संस्थाले सर्वसाधारणमा तीन लाख ३६ हजार ४९२ कित्ता सेयर मात्रै बिक्री गरेको हो । बिहीबारदेखि बिक्री खुला भएको संस्थाको आइपीओ यही असार २५ गतेसम्म आवेदन दिन सकिने बताइएको छ । तीन करोड ८९ लाख बराबरको आइपीओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत देवसिंह विष्टले जानकारी दिए । उनका अनुसार प्रतिकित्ता १०० अंकित दरका तीन लाख ८९ हजार ४९२ कित्ता साधारण सेयर बिक्री खुला भएको छ । तीमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानीका लागि र छ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।

बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । उक्त सेयर इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर) मार्फतसमेत आईपीओमा आवेदन दिन सकिनेछ ।

प्रकाशित समय : १८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु