गृहपृष्ठ शंकास्पद अवस्थामा जंगलमा शव फेला
शंकास्पद अवस्थामा जंगलमा शव फेला
सूर्यविनायक नगरपालिका-१, सिरुटारस्थित चमेली वनमा शंकास्पद अवस्थामा पुरुषको शव फेला परेको छ । बाँया हातमा मेडिकलको ब्याण्डेज बाँधेको, घाँटीमा टेलिफोनको लाइन जोड्न प्रयोग हुने खालको तार बाँधेको र उक्त तार चिलाउनेको हाँगोमा बाँधेको अवस्थामा शव जंगलमा फेला परेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
महानगरीय प्रहरी वृत्त ठिमीले घटना र शवको प्रकृतिअनुसार हरियो ज्याकेट, सुन्तला रङको कट्टु र कालो जुत्ता लगाएको, अन्दाजी ४० देखि ४२ वर्षको देखिने पुरुषको शव जंगलमा आइतबार भेटिएको प्रहरीले आज जानकारी दिएको छ ।
अन्दाजी एक साताअघि नै मृत्यु भएकाले शव सड्न थालेको र दुर्गन्धित अवस्थामा भेट्टाइएको हो । पहिचान भने भएको छैन । शव परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट पठाएर अनुसन्धान सुरु गरेको बताएको छ ।
प्रकाशित समय : १७:५७ बजे



















