गृहपृष्ठ सोमबार सुनको मूल्य स्थिर
सोमबार सुनको मूल्य स्थिर
आइतबार सामान्य बढेको सुनको मूल्य सोमबार स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ सय रूपैयाँ बढेको सुनको मूल्य सोमबारको लागि भने आइतबारकै मूल्य कायम गरिएको हो ।
आज छापावाल सुन आइतबारकै मूल्य तोलामा ९१ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि आइतबारकै मूल्य तोलामा ९१ हजार रूपैयाँ तोकिएको छ ।
आज चाँदीको मूल्य पनी स्थिर रहेको महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी तोलामा आइतबारकै मूल्य १ हजार ३२५ रूपैयाँमा कारोबार भइरहेको हो ।
प्रकाशित समय : १७:३७ बजे




















