global ime bank Long Banner Ad

गृहपृष्ठ मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्धको रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा

मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्धको रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा

मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्धको रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा

मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्ध परेको रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासमा सुनुवाइ हुने भएको छ । मंगलबार हुने सुनुवाइका लागि प्रधानन्यायाधीश राणाले आफूसहित न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलास तोकेका हुन् ।

यसअघि जेठ २५ गते सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै छलफलमा बोलाएको थियो । सर्वाेच्चले लिखित जवाफ माग गरेपछि फेरि मिन्त्रपरिषद् विस्तार गरेकाले पुरक निवेदनसमेत दर्ता भएको छ । यसअघि न्यायाधीश  ईश्वर खतिवडाको एकल इजलासले विपक्षीलाई मन्त्रिपरिषद् पुनर्गठनको कारण लिखित रुपमा पेश गर्न भनेको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दायर गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि आज बोलाइएको थियो ।

अब दुवै पक्षसँग छलफल गरेर अन्तरिम आदेश दिने वा नदिने टुंगो लगाउनेछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र राजकुमार सुवालसहित ६ जनाले मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्ध रिट दायर गरेका थिए । आज सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेमा पछिल्लो पटक दुई पटक विस्तार भएको मन्त्रिपरिषद् बदर हुनेछ ।

प्रकाशित समय : १७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु