गृहपृष्ठ बैतडीमा कोरोनाबाट थप एकको मृत्यु
बैतडीमा कोरोनाबाट थप एकको मृत्यु
बैतडीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । जिल्ला अस्पतालमा उपचाररत एक वृद्धको आज मृत्यु भएसँगै बैतडीमा मृतकको संख्या १८ पुगेको हो । दशरथचन्द नगरपालिका-५ का ८२ वर्षीय वृद्धको आज मृत्यु भएको जिल्ला अस्पताल बैतडीका प्रमुख वशन्तराज जोशीले जानकारी दिए ।
गएको जेठ २६ गते ती वृद्धमा कोरोना पुष्टि भई जिल्ला अस्पतालमा उपचार भईरहेको थियो । यसैबीच अहिले जिल्लामा दैनिक संक्रमणदर घट्दै गएकाले सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ । जिल्लामा ६८ जना मात्रै सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयका सीआइसीटी सहजकर्ता बिनिता चौधरीले बताइन् ।
सक्रिय संक्रमितमध्ये दशरथचन्द नगरपालिकामा १७, सुर्नया गाउँपालिकामा १४, दोगडाकेदार गाउँपालिकामा ११, पाटन नगरपालिकामा ११, र मेलौली नगरपालिकामा छ जना रहेका छन् । यस्तै पञ्चेश्वर गाउँपालिकामा चार, शिवनाथ गाउँपालिकामा चार, पुर्चौंडी नगरपालिका, डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकामा एक/एक जना सक्रिय संक्रमित छन् ।
प्रकाशित समय : १८:०१ बजे



















