गृहपृष्ठ शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा
शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा
दोधारा चाँदनी (कञ्चनपुर) ।दोधारा चाँदनी नगरपालिकालाई हस्तान्तरण गरिएको शीतभण्डार सञ्चालनमा नआउँदा किसान भने मर्कामा परेका छन् ।
सुदूरपश्चिम प्रदेशले शीतभण्डार आर्थिक वर्ष २०७९ मा दोधारा चाँदनी नगरपालिकालाई हस्तान्तरण गरेको थियो । प्रदेश सरकारको कूल रु ६० लाखको लागतमा निमार्ण पुराभएको शीतभण्डार सञ्चालनमा नआपछि स्थानीय कृषकका आलु तथा प्याज लगायतका तरकारी कुँहिने समस्यामा परेको स्थानीय कृषकहरुले गुनासो गर्न थालेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरेर हस्तान्तरण गरेको शीतभण्डार सञ्चालनका लागि ‘थ्री फेज’ विद्युत् लाइन जडान गर्न नसक्दा प्रयोगमा ल्याउन नसकिएको दोधारा चाँदनी नगरपालिकाका कृषि विकास अधिकृत कमलावती भट्टले जानकारी दिए ।
यस वर्ष पाँचकट्ठा क्षेत्रफलमा आलुखेती गरेका दोधारा चाँदनी नगरपालिकाका प्रेम रोकायाले भण्डारण गर्ने उचित ठाउँ नहुँदा उचित मूल्य नपाउने गरेको बताए ।
उनले शीतभण्डार सञ्चालन नहुँदा बिउका लागि छुट्याएर राखेको आलुसमेत कुहिन थालेको बताए । पछिल्लो समय सरकारले दिने अनुदानका कारण तरकारी खेतीमा आकर्षण बढे पनि उत्पादनलाई सुरक्षित भण्डार गर्न नसक्दा यहाँका किसानहरुले नोक्सानी बेहार्नुपरेको छ ।
प्रकाशित समय : १४:०१ बजे



















