विपक्षी गठबन्धनलाई निरन्तरता दिनु पर्ने कांग्रेसको निष्कर्ष
वि.सं.२०७८ असार ५ शनिवार ०१:५८
shares

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई निरन्तरता दिने भएको छ । शुक्रबार बसेकाे कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई थप मजबुत बनाउनु पर्ने निकर्ष निकालेको हो ।
नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले कांग्रेसको नेतृत्वमा विपक्षी गठबन्धन बनाएका छन् । पछिल्लो समय गठबन्धनले हरेक विषय साझा धारणा बनाउन थालेपछि कांग्रेसका केही नेताहरुले प्रश्न उठाएका छन् । तर बैठकले औपचारिक रुपमै गठबन्धनमा आवद्ध दलहरुसँगको सहकार्यलाई अगाडि बढाउने निर्णय गरेको हो ।
कांग्रेसले २० चैत २०७७ मा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी सभापतिको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको र अहिले बनेको विपक्षी गठबन्धन देउवाकै नेतृत्वमा सरकार बनाउन भएको बताएको छ ।

























