nmb bank

गृहपृष्ठ प्रदेश सांसदबाट हटाइएका थापाले सर्वोच्चमा दायर गरे रिट

प्रदेश सांसदबाट हटाइएका थापाले सर्वोच्चमा दायर गरे रिट

प्रदेश सांसदबाट हटाइएका थापाले सर्वोच्चमा दायर गरे रिट

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले सर्वोच्चमा रिट दायर गरेका छन् । आफूलाई असंवैधानिक रुपमा कारबाही गरिएको भन्दै थापाले शुक्रबार रिट दर्ता गराएका हुन् । रिटको पेशी आइतबारका लागि तोकिएको छ ।

पार्टीले विपक्षी गठबन्धनलाई सघाउने निर्णय गरे पनि उनले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङलाई नै समर्थन गर्ने बताएका थिए । उनकाे निर्णयले सत्तारुढ नेकपा एमालेका मुख्‍यमन्त्री गुरुङ नै मुख्यमन्त्रीमा दोहोरिएका थिए । 

पार्टीको निर्णय अवज्ञा गरेकाे भन्दै उनलाई बिहीबार सांसदबाटै हटाइएको थियो । पार्टीले सांसदबाट हटाएपछि उनले गाउँ फर्कने र खेतीपाती गर्ने बताएका थिए ।

प्रकाशित समय : २१:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु