nmb bank

गृहपृष्ठ एफवानसफ्ट इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल नियुक्त

एफवानसफ्ट इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल नियुक्त

एफवानसफ्ट इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल नियुक्त

काठमाडौँ- नेपालको अग्रणी फिनटेक कम्पनी एफवानसफ्ट (F1Soft) इन्टरनेशनलले आफ्नो २२औँ वार्षिकोत्सवको अवसरमा सनत कुमार पौडेललाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा नियुक्त गरेको छ ।

पौडेलले विगत एक दशकभन्दा बढी समयदेखि यो जिम्मेवारी सम्हाल्दै आएका सह-संस्थापक तथा निर्देशक सुबास शर्माको स्थान लिनेछन् । निवर्तमान सीईओ शर्मा अब निर्देशकको भूमिकामा रहँदै एफवानसफ्ट ग्रुपको रणनीतिक दिशानिर्देशनमा संलग्न हुनेछन् ।

नवनियुक्त सीईओ पौडेलसँग आईसीटी (ICT) क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव रहेको छ । उनी हाल FoneNxt Pvt. Ltd. को सीईओको रूपमा समेत कार्यरत छन् र अब उनले दुवै संस्थाको नेतृत्व सम्हाल्नेछन् ।

एफवानसफ्टमा आबद्ध हुनुअघि उनले नबिल बैंकमा एक दशकभन्दा बढी समय पेमेन्ट टेक्नोलोजी र डिजिटल ट्रान्सफर्ममेशन प्रोग्रामको नेतृत्व गरेका थिए। उनको नेतृत्वमा कम्पनीले आफ्नो प्रविधि र सेवा विस्तारलाई थप तीव्र बनाउने लक्ष्य राखेको छ ।

विगत २२ वर्षदेखि नेपालको डिजिटल वित्तीय प्रणालीलाई रूपान्तरण गर्न एफवानसफ्टले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । सुबास शर्माको नेतृत्वमा कम्पनीले इसेवा (eSewa) र फोनपे (Fonepay) जस्ता लोकप्रिय डिजिटल भुक्तानी समाधानहरूको विकास गरेको थियो ।

प्रकाशित समय : १०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु