nmb bank

गृहपृष्ठ नागरिकता अध्यादेशसम्बन्धी रिट ‘हेर्दाहेर्दै’मा, अर्को सुनुवाइ जेठ २७ मा

नागरिकता अध्यादेशसम्बन्धी रिट ‘हेर्दाहेर्दै’मा, अर्को सुनुवाइ जेठ २७ मा

नागरिकता अध्यादेशसम्बन्धी रिट ‘हेर्दाहेर्दै’मा, अर्को सुनुवाइ जेठ २७ मा

सरकारले ल्याएको नागरिकता अध्यादेशविरुद्ध परेको रिटको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखिएको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा साे रिटकाे प्रारम्भिक सुनुवाइ भएकाे थियाे ।

अब अर्को सुनुवाइ जेठ २७ गते बिहीबार हुने सर्वोच्चले जनाएकाे थियाे । रिटमा निवेदकले उक्त अध्यादेशअनुसार नागरिकता वितरण रोक्न माग गरेका थिए । तर, प्रारम्भिक सुनुवाइ नसकिएपछि अन्तरिम आदेश जारी भएन । अध्यादेशविरुद्ध सर्वोच्चमा ७ वटा रिट परेको छ ।

प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ९ गते 'नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८' गते जारी गरेकी थिइन् । उक्त अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ताहरू विष्णुकुमारी गिरी, रामबहादुर शाही, कुलबहादुर बोगटी, वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टी लगायतले रिट दायर गरेका थिए ।

प्रकाशित समय : २२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु