nmb bank

गृहपृष्ठ नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड

नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड

नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग बिहीबार नेपालका लागि कतारका राजदूत मोहम्मद अल अन्सारीले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेको छ ।

त्यस अवसरमा उनीहरूबीच आपसी हितका विविध क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विशेषगरी उनीहरूबीच श्रम आप्रवासन, जलविद्युत् र कृषिमा साझेदारी, पर्यटन प्रवद्र्धन तथा लगानी विस्तारका विषयमा छलफल भएको थियो ।

साथै नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउने सम्बन्धमा पनि विभिन्न पक्षमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : ०९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु