काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बियो, के-के भयो खुकुलो ?

20.58K
shares

काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेबाट जारी निषेधाज्ञा थप भएको छ । बुधबार बसेकाे काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकलेले जारी निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो । यसअघि जेठ १४ बाट खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोरसमेत बन्द गराउँदै निषेधाज्ञालाई थप कडा पारिएको थियो ।

अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय भएको छ । यस्तै मजदुरलाई निर्माणस्थलमै खान बस्नको व्यवस्था गरेर सार्वजनिक निर्माणलाई खुल्ला गर्ने निर्णय भएको छ । निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निराैलाले जानकारी दिए । अत्यावश्यक बाहेकका कार्यालय खोल्न नपाइने व्यवस्था यथावत छ । बैंक तथा वित्तीय संस्था पनि अहिलेकै अवस्थामा सञ्चालन हुने प्रजिअ निराैलाले बताए ।

काठमाडौं जिल्ला प्रशासनद्वारा जारी सूचना :