गृहपृष्ठ अन्तत: ओली समूहमा लागे बादल
अन्तत: ओली समूहमा लागे बादल
पार्टी विभाजनको स्थितिमा पुगेपछि तटस्थ देखिएका रामबहादुर थापा ‘बादल’ अन्ततः ओलीलाई साथ दिन पुगेका छन् । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको केन्द्रीय समिति बैठकमा पुगेका छन् ।
दुवै पक्षका भेला बैठकहरुमा सहभागी नभएका बादल अहिले केही बेरअघि ओली नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठकमा भाग लिन प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् ।
प्रधानमन्त्री ओलीसँग बुधबार भेटेर आफू प्रचण्डको पक्षमा नरहने जानकारी दिएका बादल बैठकमा भाग लिन बालुवाटार पुगेका हुन् । बादललाई आफ्नो पक्षमा पार्न प्रचण्डले यसबीचमा पटक-पटक भेटेर आग्रह गरेका थिए । उनीनिकट अधिकांश नेता प्रचण्ड-नेपाल पक्षमा लागिसकेका छन् ।
प्रकाशित समय : २०:१७ बजे


















