nmb bank

गृहपृष्ठ नेपाल ‘ए’ सँग ओमान पराजित

नेपाल ‘ए’ सँग ओमान पराजित

नेपाल ‘ए’ सँग ओमान पराजित

काठमाडौं । ओमानसँगको दुई खेलको एक दिवसीय शृङ्खलामा आज नेपाल ए विजयी भएको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल ‘ए’ ले ओमानलाई ११५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

यसँगै दुई खेलको उक्त शृङ्खला १-१ को बराबरीमा सकिएको छ । बिहीबार भएको पहिलो खेलमा ओमानले नेपाल ‘ए’ लाई ७० रनले पराजित गरेको थियो । आज नेपाल एले ओमानलाई २८५ रनको चुनौती दिएको थियो । जवाफमा ओमान ३६ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १६९ रनमा समेटियो । ओमानका लागि मुजिबुर अलीले सर्वाधिक ४३ रन बनाए । त्यस्तै जितेन रामानन्दीले २४ र विनायक शुक्लाले २१ रन जोडे ।

ओमानलाई १६९ रनमा समेट्ने क्रममा नेपाल एका लागि युवराज खत्रीले तीन विकेट लिए भने हेमन्त धामी, आकाश चन्द र शेर मल्लले समान दुई विकेट झारे । त्यस्तै सन्तोष यादवले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल एले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २८४ रन बनाएको थियो । नेपालका लागि इशान पाण्डेले सर्वाधिक ६९ रनको योगदान दिए । त्यसैगरी देव खनाल ६४, कुशल मल्ला ५७, सन्दीप जोरा ४२, सन्तोष यादव १५ तथा अर्जुन कुमाल १३ रनमा आउट भए ।

शनिबारदेखि सुरु हुने आइसिसी विश्वकप क्रिकेट लिग-२ खेल्न ओमान नेपाल आएको हो । सोही प्रतियोगिताको तयारी स्वरुप ओमानले नेपाल एसँग अभ्यास खेल खेलेको हो । विश्वकप लिग-२ मा शनिबार नेपाल र संयुक्त अरब इमिरेट्स आमनेसामने हुनेछन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने उक्त खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।

प्रकाशित समय : १९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु