nmb bank

गृहपृष्ठ नेपालका तीन खेलाडीले टी-१० लिग खेल्ने

नेपालका तीन खेलाडीले टी-१० लिग खेल्ने

नेपालका तीन खेलाडीले टी-१० लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (यूएई) मा टी-१० क्रिकेट लिग खेल्ने भएका छन् । सोमपाल कामी, करण केसी र कुशल मल्लले यूएईमा लिग खेल्न लागेका हुन् ।

बुधबार राति भएको ड्राफ्टबाट तीनै जनालाई अनुबन्ध गरिएको छ । कामीले मराठा अरबियन्स, केसीले पुने डेभिल्स र मल्लले टिम अबुधाबीबाट खेल्ने निश्चित भएको छ । कामीले यसअघि पनि विदेशी फ्रेन्चाइज क्रिकेट खेलिसकेका छन् ।

केसी र मल्ल पहिलोपटक विदशी लिग खेल्न लागेका हुन् । यसअघि टी-टेन लिगमा नेपालका तर्फबाट सन्दीप लामिछाने र पारस खड्काले खेलिसकेका छन् । खड्का यसपटक टिम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरका भूमिकामा रहेका छन् । टी-१० लिग सन् २०२१ जनवरी २८ देखि सुरु हुनेछ । उक्त प्रतियोगितामा आठ टोली भिड्ने छन् ।

प्रकाशित समय : १९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु