nmb bank

गृहपृष्ठ आइपिएलमा मुम्बईमाथि चेन्नई १०३ रनले विजयी

आइपिएलमा मुम्बईमाथि चेन्नई १०३ रनले विजयी

आइपिएलमा मुम्बईमाथि चेन्नई १०३ रनले विजयी Oplus_131072

काठमाडौँ। चेन्नई सुपर किंग्सले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ।

गएराती सम्पन्न खेलमा चेन्नईले मुम्बईलाई १०३ रनले पराजित गरेको हो। चेन्नईले दिएको २०८ रनको लक्ष्य पछाएको मुम्बईले १९ ओभरमा अल आउट हुदै केवल १०४ रन बनाएको थियो।

मुम्बईका लागि तिलक बर्माले ३७ र सुर्यकुमार यादवले ३५ रन बनाए भा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्।

चेन्नईका लागि अकील हुसैनले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने नूर अहमदले २ विकेट लिए।

यसअघि ब्याटिङतर्फ चेन्नईका सञ्जु स्यामसनले अविजित १०१ रन बनाउँदै शतक प्रहार गरे। यो यस सिजनमा उनको दोस्रो शतक हो। उनले यसअघि अप्रिल ११ मा दिल्लीविरुद्ध पनि शतक बनाएका थिए। समग्रमा यो उनको आईपीएल यात्राको पाँचौँ शतक हो। उनले आफ्नो पारीमा १० चौका र ६ छक्का प्रहार गरे।

चेन्नईका लागि ऋतुराज गायकवाडले २२ र डेवाल्ड ब्रेविसले २१ रनको योगदान दिए। मुम्बईका बलरमध्ये अल्लाह गजनफर र अश्विनी कुमारले २-२ विकेट लिए भने जसप्रित बुमराह र मिचेल स्यान्टनरले १-१ विकेट लिए।

यस हारपछि मुम्बई ७ खेलमा २ जितसहित ४ अंक लिएर आठौँ स्थानमा छ। अब प्लेअफमा पुग्न उसले बाँकी ७ खेलमध्ये कम्तीमा ६ खेल जित्नुपर्ने दबाबमा छ। उता चेन्नई ७ खेलमा ३ जितसहित ६ अंक जोड्दै पाँचौँ स्थानमा पुगेको छ।

प्रकाशित समय : १३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु